ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जिर्णोद्वार गरिदै कमलपोखरी : गुमनाम बनेको ऐतिहासिक कमलपोखरी पुर्नजिवन पाउदै (भिडियोसहित)


एबीसी न्यूज
२१ भदौ २०७६, शनिबार   १ : ४६   बजे

‘काठमाडौं,  २१ भदौ । काठमाडौ उपत्यका ऐतिहासिक सांस्कृति र पुरातात्विक सम्पदाले भरिपूर्ण छ । तर जिम्मेवारहरुको बेवास्ताका कारण कमलपोखरी जस्ता ऐतिहासिक पोखरी डम्पिङ साइट जस्तै बन्दै गएको छन । सरकारको बेवास्तासंगै स्थानीयको चासो नहुदा फोहोर फाल्ने स्थान बनेको कमलपोखरीको जिर्णाेद्वार गरि पुरानै अवस्थामा फर्काउने प्रयास शुरु भएकोे छ ।

काठमाडौ महानगरपालिकाले कमलपोखरी जिर्णाेद्वार गर्न शुरु गरेको छ । कमलपोखरीलाई पुरानै अवस्थामा फर्काउन जिर्णाेद्वार गर्न लागिएको हो । काठमाडौ महानगरपालिका र कंडेल निर्माण सेवा कम्पनीबीच १ वर्ष भित्र सम्पन्न गर्ने गरि संझौता भएको छ । ६ करोड ५९ लाख ६ हजार ४४ कुल लागतमा जिर्णाेद्वार हुन लागेको हो । आर्थिक वर्ष २०७६⁄०७७ मा हरियाली पार्क निर्माण गर्न र त्यो योजना मध्ये सबै भन्दा ठूलो योजना कमलपोखरी भएको महानगरपालिकाले बताएको छ । महानगर भित्रको ऐतिहासिक पोखरी कमल पोखरी भएकाले यसको जिर्णाेद्वार गर्न लागिएको काठमार्डौ महानगरपालिका प्रवक्ता इश्वर डंगोलले बताए ।

कमलपोखरी जिर्णाेद्वार मौलिकतामा हुने भएको छ । वास्तुशास्त्रमा आधारित भएर जिर्णोद्वार हुन लागेको हो । गेटलाई नेपाली कला र सीपको प्रयोग गरि स्वरुप दिइने छ । त्यसै नेपाली इट्टा ढुंगा प्रयोग गरेर निर्माण गरिने भएको हो । विगतमा लामो समय डम्पिङ साइट जस्तो बनेको कमलपोखरी अब पुर्नजिवन पाउने आशा गरिएको छ । कमल पोखरीको पुनर्निर्माण गर्दा पुरानो डिजाइनका नयां स्वरुपमा निर्माण गर्न लागेको छ । कमलपोखरीको क्षेत्रफल ३५ रोपनी ७ आना रहेको छ । चारैतिर कमलको फूल भएको साना साना पोखरी बन्नेछन् । पोखरी आसपासमा नेपालीपना झल्काउन छाना बनाउने, विभिन्न ठाउ“मा चैत्य राख्ने, पा“चओटा मकरधार निर्माण गर्ने तयारी भएको इन्जिनियर प्रेम श्रेष्ठले बताए ।

वर्षात नसकिएकोले निर्माण गर्न अप्ठ्यारो भएकोले पानी निकासमा समस्या भएको कम्पनीले बताएको छ । पानीको सतह र निकासका बारेमा अझै समस्या भएकोले काम गर्न गाह्रो भएको छ । तर कम्पनीले सम्झौता अनुसार १ वर्ष भित्रमै सक्ने निर्माण सम्पन्न गरिसक्ने कम्पनी प्रतिनिधि अर्जुन कंडले बताए ।गुमनाम जस्तै बनेको कमलपोखरीलाई पुरानै अवस्थामा फर्काउन गरिएको सरकारी प्रयास निकै राम्रो छ । ऐतिहासिक तथा पुरातात्विक महत्वका यस्ता संपदाको जिर्णाेद्वारबाट संरक्षण गर्नु जति नै सह्रानिय छ । उति नै यसको संरक्षण संरक्षणका लागि पनि अहिले देखि सोचिनु आवस्यक छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

सम्बन्धित

‘रिसेट’ को सन्देश बोकेर दिल्लीमा शिशिर खनाल: नेपाल–भारत सम्बन्धको नयाँ अध्याय कि पुरानै आश्वासन ?

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group