ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जेब्रा क्रसिङ नितान्त पैदल यात्रुहरुको हो,तर पैदल यात्रुहरुलाई बाटो काट्न असहजता किन? (भिडियोसहित)


एबीसी न्यूज
२७ भदौ २०७६, शुक्रबार   २ : २०   बजे

काठमाडौं, २७ भदौ । सडक सेवा सहजता तथा सडक दुर्घटनालाई न्यूनीकरण गर्न विभिन्न स्थानमा जेब्रा क्रसिङहरु छन् । तर, उपत्यकाको कतिपय जेब्रा क्रसिङहरु मेटिएका अवस्थामा छन्, जसले गर्दा विशेषगरी, भईरहेको अवस्था छ । उपत्यकामा धूलो, हिलो तथा सवारी चापका कारण जेब्रा क्रसिङका रेखाहरु ३ देखि ६ महिना मात्रै टिक्छन् । जसका कारण पनि सडक दुर्घटनामा कमी आउन सकेको छैन ।

नेपालमा वार्षिक सरदर २५ सय मानिसहरुको सवारी दुर्घटनामा परी ज्यान गुम्ने गरेको छ । सडक दुर्घटनालाई न्यूनीकरण गर्न र सडक प्रयोगकर्ताहरुको सहजताका लागि सडक विभाग, यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीको समन्वयमा आवश्यक पूर्वाधार लगायत नीति नियम निर्माणको काम हुने गरेको छ । तर, पनि यी यस्ता उपलब्ध श्रोत र साधनको व्यवहारिक र वैज्ञानिक ढंगबाट प्रयोेग हुनु भने चुनौतीको विषय नै बनिरहेको छ । सडक तथा ट्राफिक व्यवस्थापनलाई थप सुध्रिट गर्नका लागि पर्याप्त बजेट छ तर, अधिकतम सदुपयोग हुन नसकिरहेको सडक विभागको कार्यालय प्रमुख राजेन्द्र राज शर्माले बताए ।

देशको केन्द्रविन्दु राजधानीको सडक निकै व्यस्त सडक हो । यहा“का पैदलयात्रु हुन् या सवारी चालक सबै हतार–हतारमै हुन्छन् । व्यस्त जीवनशैली बिताईरहेका राजधानीबासीहरु जुनैसुकै सेवा पनि छिटो र चाडो होस् भन्ने अपेक्षा राख्दछन् । नया“ बानेश्वर नजिकै लगभग ६ मिटरको बाटो काट्नको लागी एउटा लामो आकाशे पुल छ । तर त्यो पुल प्रयोगबिहिन जस्तै बनेको छ । यो आकाशे पुल त्यति प्रयोगमा नआएस“गै यस क्षेत्रको ट्राफिक जाम पहिलेको जस्तै छ । धेरै रुढका निजी तथा सार्वजनिक सवारी साधानहरुका यस स्थानमा चाप भई नै रहन्छ । तसर्थ, सडक पूर्वाधारहरु निर्माण गर्दा व्यवहारिक र वैज्ञानिक ढंगबाट गरिनुपर्छ । यसो गरिएमा मात्रै ट्राफिक क्षेत्रको समस्या समाधान हुन मद्दत पुग्छ ।

नेपालको सन्दर्भमा निजी तथा सार्वजनिक सवारी साधनका चालकहरु पनि त्यति सचेत छैनन् । राजधानीमा अस्थायी रुपमा विभिन्न जिल्लाबाट पनि मानिसहरु आवत्जावत् गरिरहने क्रम दैनिक हुन्छ । यसले गर्दा जेब्रा क्रसिङ बाट नै बाटो काट्नुपर्छ भन्ने सचेतना नभएसम्म यो समस्या समाधान हुन सक्दैन । र जेब्रा क्रसिङ पनि नितान्त पैदल यात्रुहरुको हो । तर, सवारी चालकहरुले जेब्रा क्रसिङमा पनि साधनहरु रोक्ने गर्दैनन् । तसर्थ, सवारी चालक तथा सर्वसाधारणहरुलाई सम्बन्धित पक्षबाटै सचेत बनाउन सक्नुुपर्छ ।

सवारी साधनको पाङ्ग्रामा धूलो, हिलो र सवारी चापका कारण पनि जेब्रा क्रसिङहरु छिट्टै मेटिने गरेको सडक विभागले जनाएको छ । जेब्रा क्रसिङको रेखाहरु पेन्टिङगर्दा हामीले ध्यान कडाईका साथ ध्यान दिएका छौं तर ३ देखि ६ महिनामा नै जेब्रा क्रसिङका लाईनहरु मेटिन्छन् । बृद्धबृद्धालाई आकाशे पुल चढ्न र झर्न पनि गाह्रो हुन्छ । तसर्थ, आगामी दिनमा अन्डर ग्राउण्डबाट पनि उपभाय खोज्न सकिन्छ । यो प्रभावकारी हुन सक्छ, प्रमुख शर्मा बताउ“छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंका प्रमुख भीमप्रसाद ढकालले ट्राफिक क्षेत्रको समस्यालाई व्यवस्थापन गर्न सडक विभाग लगायतका सम्बन्धित पक्षहरुस“ग समन्वय गरेर अगाडी बढ्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

‘रिसेट’ को सन्देश बोकेर दिल्लीमा शिशिर खनाल: नेपाल–भारत सम्बन्धको नयाँ अध्याय कि पुरानै आश्वासन ?

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group