ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुनिश्चित बाल अधिकार, समृद्ध नेपालको आधार भन्ने मुल नाराका साथ नेपाल भर बाल दिवस मनाइयो(भिडियोसहित)


एबीसी न्यूज
३० भदौ २०७६, सोमबार   ८ : ५४   बजे

काठमाडौं, ३० भदौ ।  सुनिश्चित बाल अधिकार, समृद्ध नेपालको आधार भन्ने मुल नाराका साथ आइतबार बाल दिवस नेपाल भर मनाइएको छ । बाल दिवस मनाउदै गर्दा बालबालिकाले भने श्रम शोषणका कारण बाल अधिकारको अनुभुति गर्न नपाएको बताइरहेका छन् । तर, सरकाले भने बालबालिकालाई अधिकारको अनुभुत गराउन आफुहरु लागिरहेको बताएको छ ।

वि.सं. २०२९ सालको भाद्र ४ गतेदेखि मनाउन शुरु गरिएको राष्ट्रिय बालदिवस २०६३ सालमा आएर भाद्र २९ गते मनाउन सुरु गरिएको हो । वाल वालिकाको अधिकार भन्नाले गास, बास, कपासमात्र नभै पढ्न, खेल्न र आमाबाबुको माया पाउने अधिकार समेत हो । यी अधिकारहरु कति पुरा भए वा भएनन भन्ने बारेमा वर्षभरी त्यति धेरै छलफल गरिंदैन । तर, बालबालिकाको हितको लागि भन्दै वर्षको एकपटक भए पनि वाल दिवस मनाइदै आइएको छ । यद्यपी, राज्यको तबरबाट जति नै प्रयास भए पनि बालुवामा पानि हालेको जस्तै भएको छ ।

एकदिन वालबालिकाको कुरा गरे पनि ३ सय ६४ दिन कैयौं बालबालिका हिंसाको मारमा परेकै हुन्छन् । अधिकांश इट्टाभट्टा, होटल तथा सार्वजनिक यातायताका साधनमा बालवालिका श्रम शोषणमा परिरहेका छन् ।

सरकार भने बालबालिकाको हक, हितको निम्ति काम गरिरहेको दाबी गर्छ । बालबालिकाको अधिकार सुनिश्चतताका लागि आवश्यक काम अघि वढाइएको महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्रीको दाबी छ । त्यसो त, बालबालिकामाथि शारिरिक तथा मानसिंक हिंसा पनि भई नै रहेको छ । यसको न्युनिकारणका लागि सरकारले पहल गरेको दाबी गरे पनि अवस्था त्यस्तो छैन । आजपनि हजारौ बालबालिका विद्यालय शिक्षाबाट वञ्चित छन् । स्वास्थोपचार सुविधाबाट वञ्चित छन् । होटलमा वाल श्रमिक दर्दनाक कथा बोकेर बांचिरहेका छन् । तर, खोइ त त्यहां सरकारको आंखा पुगेको ? यसैले त, बाल दिवस मनाउदै गर्दा पनि कतिपय बालबालिकाले नेपालमा बाल श्रम शोषण अन्त्य नभएको टिप्पणी गरिरहेकाछन् ।

उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले बालबालिकाको अधिकार सुनिश्चित गराउन सरकार कटीबद्ध रहेको बताउंछन् । बाल श्रम शोषण न्युन हुदै गएको बताउदै मन्त्री पोखरेलले आगामी दिनमा श्रम शोषण अन्त्य गरेर बाल अधिकारको प्रत्याभुत गराउने दाबी गर्छन् ।

आजका बालबालिका भोलिका कर्णधार हुन । आजका बालबालिका हाम्रो देशको भविष्य हुन । उनीहरु आज जुन वातावरणमा हुर्केका छन्, जस्तो शिक्षादीक्षा, स्वास्थ्य सुविधा पाएका छन् त्यसले हाम्रो देशको भविष्य निर्धारण गर्छ । त्यसैले देशको सुन्दर भविष्यको लागि बालबालिकालाई माया गरौ । श्रम शोषणको अन्त्य गरौ । बालबालिकालाई अधिकार दिऊ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

‘रिसेट’ को सन्देश बोकेर दिल्लीमा शिशिर खनाल: नेपाल–भारत सम्बन्धको नयाँ अध्याय कि पुरानै आश्वासन ?

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group