ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एएफसी फुटबल : नेपालले कुवेतसँग खेल्ने


एबीसी न्यूज
३० भदौ २०७६, सोमबार   १ : ४०   बजे

 

काठमाडौं, ३० भदौ । जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटअन्तर्गत नेपालले कुवेतसँग खेल्ने भएको छ । जोर्डनको प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रङ्गशालामा नेपालले आज राति कुवेतसँग प्रतिस्पर्धा गर्नेछ ।

साफ यू–१५ च्याम्पियनसिपमा उपविजेता बनेर फर्केको नेपाली फुटबल टोली दुई सातापछि जोर्डन पुगेको हो । नेपाली टोलीले शुरुआतमा कमजोर खेल प्रदर्शन गरेको थियो । भदौ २८ गते पहिलो खेलमा नेपाल आयोजक जोर्डनसँग ७–० गोलले पराजित भएको थियो । कुवेतले पहिलो खेलमा श्रीलङ्कालाई २–० गोलले हराएको थियो ।

सन् २०२० मा आयोजना हुने एएफसी यू–१६ च्याम्पियनसिपअन्तर्गत नेपाल समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा आयोजक जोर्डनसहित कुवेत, ताजकिस्तान र श्रीलङ्का छन् । प्रतियोगितामा तीन अङ्कसहित जोर्डन शीर्ष स्थानमा छ । समान तीन अङ्कसहित कुवेत गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । अङ्कबिहिन ताजकिस्तान, श्रीलङ्का र नेपाल क्रमशः तेस्रो, चौथो र पाँचौँ स्थानमा छन् । प्रतियोगिताको शीर्ष स्थान हासिल गर्ने टोली दोस्रो चरणका लागि छनोट हुनेछ । विभिन्न समूहमा विभाजित उक्त छनोट खेलमा ४८ राष्ट्र सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारी कर्मचारीको नयाँ तलबमान लागू, १० प्रतिशत प्रोत्साहन भत्ता र पेन्सन पनि बढ्यो

१५ दिनमा तलब दिने निर्णय कार्यान्वयनमै अलमल

सम्बन्धित

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

 एसियाली खेलकुदमा नेपालका १३६ खेलाडी, २२ खेलमा प्रतिस्पर्धा गर्ने

आइसिसीले सार्वजनिक गर्‍यो २०२७ एकदिवसीय विश्वकपको मिति, नेपालको विश्वकप यात्रा अझ कठिन

भदौ २४ को घटनाको छानबिन आयोग बन्छ -सस्मित पोखरेल

शक्ति जोगाउन इन्फान्टिनो संघर्षरत, विरोधी मोर्चाबन्दी चर्को

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu