ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल भुटानसँग ३-० ले पराजित


एबीसी न्यूज
५ आश्विन २०७६, आइतबार   ९ : ००   बजे

काठमाडौं, ५ असोज । राजधानीमा जारी तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपाल भुटानसँग पराजित भएको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बलएपिएफ०को मैदानमा आज भएको खेलमा साविक विजेता नेपाल भुटानसँग ३–० गोल अन्तरले पराजित भएको हो । हारसँगै समूह ‘ए’ मा रहेको नेपालको सेमिफाइनल पुग्ने सम्भावना न्यून बनेको छ ।

यससँगै दुई खेल खेलेको नेपालको एक अङ्क मात्र छ । नेपालले पहिलो खेलमा माल्दिभ्ससँग १–१ गोलको बराबरी खेलेको थियो । त्यस्तै जीतसँगै भुटान भने सेमिफाइनलमा पुगेको छ । भुटानले एक खेलमा तीन अङ्क जोडेको छ । खेलको पहिलो हाफमा १–० ले पछि परेको नेपालले दोस्रो हाफमा दुई गोल खायो । नेपालले खेलको ३७औँ मिनेटमा पहिलो गोल खाएको थियो । खेलमा यशी दोर्जीले गोल गर्दै भुटानलाई पहिलो अग्रता दिलाए ।

त्यस्तै खेलको दोस्रो हाफको ८६औँ मिनेटमा भुटानका केल्जाङ जिग्मीले गोल गरे । उनले पेनाल्टीमार्फत गोल गरेका हुन् । नेपालका विशाल बस्नेतले डिबक्सभित्र भुटानका खेलाडीलाई लडाएपछि भुटानले पेनाल्टी पाएको थियो । त्यस्तै खेलको ९०औँ मिनेटमा कर्मा सोनामले गोल गर्दै भुटानलाई ३–० को जीत दिलाए । यही असोज ७ गते हुने समूहको अन्तिम खेलमा भुटानले माल्दिभ्सलाई चार गोलभन्दा बढीको अन्तरले पराजित गरेमा नेपाल सेमिफाइलमा पुग्नेछ अन्यथा प्रतियोगिताबाट बाहिरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपका १० कान्छा गोलकर्ता: पेलेदेखि लामिन यमलसम्मको ऐतिहासिक सूची

न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा

विश्वकप–२०२६ : उत्कृष्ट पुनरागमन गर्दै इजिप्ट ३–१ ले अगाडि

विश्वकप–२०२६ : पहिलो हाफमा न्युजिल्यान्डको अग्रता

विश्वकप २०२६ : स्पेनको गोलवर्षा, इरानले बेल्जियमलाई रोक्यो, केप भर्डेले उरुग्वेलाई स्तब्ध बनायो

विश्वकपमा अर्को सनसनी : केप भर्डेले उरुग्वेलाई रोकेर इतिहास रच्यो, २–२ को बराबरी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group