काठमाडौं, ८ असोज । तीन राष्ट्रबीचको त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम आज सिंगापुर जा“दैछ । नेपाली टोलीका टिम म्यानेजर रमण सिवाकोटीले नेपाली टिम राति सवा १० बजे सिल्क एयरबाट टिम सिंगापुर जाने जानकारी दिए ।
सिंगापुर क्रिकेटको आयोजनामा हुने टी ट्वान्टी सिरिज शुक्रबारबाट सुरु हुनेछ । सिरिजमा नेपाल, आयोजक सिंगापुर र टेष्ट राष्ट्र जिम्बावेबीच प्रतिस्पर्धा हुनेछ । नेपालले शुक्रबार जिम्वाबेसंग खेल्दै सिरिजको सुरुवात गर्नेछ । यस्तै शनिबार नेपालले सिंगापुरसंग खेल्नेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजमा नेपालले जिम्वाबेसंग अर्को साताको मंगलबार दोस्रो खेल खेल्नेछ । यस्तै अर्को साताको बुधबार सिंगापुरसंग खेल्नेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्नेछ । प्रतियोगिताको लागि नेपालले गत बिहिबार नै १५ सदस्सीय टिमको घोषणा गरिसकेको छ ।
आईसीसीका प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काले नेपाली टोली छनोट गरेका हुन् । नेपालले घोषणा गरेको टिममा ईशान पाण्डे र कुशल मल्ल नया“ खेलाडी हुन । घरायसी कामले ज्ञानेन्द्र मल्ल टिममा नहुदा दिपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिईएको छ । यस्तै अनुभवी खेलाडी शरद भेषवाकर र भेट्रान बलर बसन्त रेग्मी टिममा छैनन् ।
प्रतिक्रिया दिनुहोस्