ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुपथ मुल्य पसल : उपभोक्ताले सहुलियत नपाएको गुनासो (भिडियोसहित)


एबीसी न्यूज
१२ आश्विन २०७६, आइतबार   १२ : ०३   बजे

काठमाडौं, १२ असोज । नजिकिदो चाडपर्वमा उपभोक्तालाई लक्षित गरी सरकारले सञ्चालनमा ल्याएको सुपथ मुल्य पसलले सोचे अनुसारको व्यापार गर्न नसकेको स्विकार गरेको छ ।

उपभोक्ताले खासै महसुस हुने गरी सहुलियत नपाएको गुनासो गरेका छन् । सरकारले खाद्य वस्तुको मुल्य सबै पसलमा अनिवार्य गर्न नसक्दा उपभोक्ता अन्योलमा छन् ।

नजिकिदो चाडपर्वलाई लक्षित सरकारले भाद्र २३ गतेदेखि कार्तिक १७ गते सम्म सुपथ मुल्य पसल सञ्चालनमा ल्याएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजनमा साल्टट्रेडिङ कर्पाेरेसन, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र दुग्ध विकास संस्थान (डीडीसी) ले सहुलियतमा सामान उपलव्ध गराएको छ । चाड पर्वमा उपभोक्तालाई सहजका लागि सरकारले ७३ स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याएको छ । चाडपर्वमा कुनै पनि उपभोक्ता नठगिउनु भनेर सरकारले सहुलियत पसल सञ्चालन गरको हो । उपभोक्तालाई सस्तो मुल्यमा उपभोग्य सामाग्री उपलब्ध गराएपनि यस बर्ष अघिल्ला बर्षहरुमा जस्तो ब्यापार नभएको सुपथ मुल्य पसलले स्विकार गरेका छन् । उपभोक्ताले पनि सहुलियत महसुस गर्न नसकेको बताएका छन् । नुन, तेल, चिनीमा केहि रकम छुट भएतापनि कुनै कुनै सामान त साधारण पसलभन्दा महगो रहेको पनि गुनासो गरेका छन् ।

सरकारले विसं २०६६ देखि जनतालाई सहुलियत मूल्यमा उपभोग्य सामग्री उपलब्ध गराउन सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ । कतिपय उपभोक्ताले मूल्य कम भएको सामान आफूले चाहेजति लिन नपाएको पनि गुनासो छ । सहुलियत पसल भनेर धाउनै पर्ने अवस्था नभएको उपभोक्ता बताउछन् ।

दैनिक उपभोग्य वस्तुमा थोरै मात्रामा भएपनि सहुलियत प्रदान गर्न पसल सञ्चालनमा ल्याइएको सरकारको भनाइ छ । सरकारले आम उपभोक्तालाई राहात पुग्ने अपेक्षा गरेको छ । देशभर सरकारले मुल्य सूची कार्यान्वयन गर्न सके उपभोक्ताले वास्तविक मुल्य बुझ्न र राहात महसुस गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group