ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)


एबीसी / संवाददाता
४ मंसिर २०७९, आइतबार   ९ : ३२   बजे

-मेरो प्रधानमन्त्रीकालमा भ्रष्टाचारप्रति शन्य सहनशीलता थियो, यो मेरो दावी र सबैलाई चुनौति पनि हो-

 

 

 

काठमाडौँ ४ मंसिर । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आवधिक निर्वाचन समयमा सम्पन्न हुनुले संविधान र व्यवस्थाले ठिक ढंगले काम गरिरहेको प्रमाण पेस गरेको बताएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाका लागि आइतबार बिहान चितवनमा मतदान गरेपछि दाहालले आवधिक निर्वाचन हुनु महत्वपूर्ण कुरा भएको बताए ।

 

दाहालले कुन पार्टीले कति मत ल्यायो भन्ने महत्वपूर्ण नभएर आवधिक निर्वाचन सम्पन्न हुनु ठूलो भएको बताए । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार भएका दाहालले भने, कुन पार्टीले कति मत ल्यायो भन्दा पनि ठूलो कुरो निर्वाचन सम्पन्न भएको छ । आवधिक निर्वाचन सम्पन्न हुनु भनेको संविधान र व्यवस्थाले ठिक ढंगले काम गर्दैछ भन्ने कुराको प्रमाण हो ।

 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले संविधानलाई संस्थागत गर्ने कुरामा ठूलो कुरा रहेको दाहालको भनाइ थियो । स्वच्छ, धाँधलिरहित र निष्पक्ष निर्वाचन हुनु महत्वपूर्ण कुरा हो । शान्तिपूर्ण ढंगले मतदान भइरहेको छ । संविधानलाई संस्थागत गर्ने प्रक्रियामा यसको ठूलो महत्व छ,ु उनले भने, ुयसपटकको निर्वाचनले संविधानमाथि प्रश्न चिह्न उठाउन खोज्नेहरूको लागि यो निर्वाचनमा सहभागिता आफैमा ठूलो प्रमाण पनि हो ।

दाहालले निर्वाचनको पक्षमा राम्रो माहोल देखिएको बताए । उनले पाँच दलीय गठबन्धनले निर्वाचनमा राम्रो परिणाम ल्याउने दाबी गरे । उनले निर्वाचनपछि मुलुक शुशासन र समृद्धिमा जाने विश्वास व्यक्त गरेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मतदान (फोटो फिचर)

प्रतिनिधिसभा तथा प्रदेशसभाकालगि १६५ निर्वाचन क्षेत्रमा देशव्यापी मतदान सुरु(नेताहरुको मतदानफोटो फिचर)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu