ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)


एबीसी / संवाददाता
१९ मंसिर २०७९, सोमबार   १२ : २७   बजे

काठमाडौं, १९ मंसिर ।  मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको देशभरका मत परिणाम घोषणा हुने कार्य जारी छ । घोषणा भइसकेका र गणना भइरहेका मत परिणामहरु हेर्दा नेकपा माओवादी पार्टी ०६४को निर्वाचनमा पहिलो बनेको पार्टी पछिल्ला निर्वाचनमा भनै झन झन क्रमश कमजो र बन्दै गएको छ । मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भएर मत परिणाम सकिनै लाग्दा माओवादी पार्टी २०६४ को निर्वाचनमा पहिलो पार्टी भएको माओवादी त्यस पछिको निर्वाचन पश्चात माओवादी निरन्तर खुम्चिँदै गएको छ ।

२०६४ साल चैत २८ गते सम्पन्न पहिलो ऐतिहासिक संविधानसभाको निर्वाचनमा जनताले माओवादी पार्टीलाई अभूतपूृर्वक समर्थन गर्दै पहिलो पार्टी बनेको थियो । उक्त निर्वाचनमा प्रत्यक्षतर्फ माओवादीले १ सय २०, कांग्रेसले ३७, एमालेले ३३, मधेशी जन अधिकार फोरमले ३० जितेको थियो । त्यस पछिको ०७४ को निर्वाचन माओवादीले ३७ सिट जितेको थियो । यस्तै यहि निर्वाचनमा प्रतिनिधिसभाको समानुपातिकतर्फ मत गणनाको सुरुवाती रुझानमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी भन्दा पनि पछाडि रह्यो । मत गणना अन्तिमतिर पुग्दा माओवादीले प्रत्यक्षमा जस्तै समानुपातिकमा पनि तेस्रो स्थान त सुरक्षित गरेको छ, तर अघिल्लो पटकभन्दा कम मत पाएको छ । माओवादी केन्द्रले समानुपातिकतर्फ ११ लाख ६१ हजार ९९२ मत पाएको छ, जुन कूल सदर मतको ११.१७ प्रतिशत हो ।

अर्थात यो हालसम्मका चुनावमा माओवादी केन्द्रले पाएको सबभन्दा कम मत हो । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रको मत १३ प्रतिशतमा झ¥यो । अहिले नेपाली कांग्रेसलगायतका दलसँग गठबन्धन गर्दा पनि माओवादी केन्द्रले प्रत्यक्षतर्फ जम्मा १७ सिट जितेको छ भने समानुपातिकतर्फ उसको मत पहिलेभन्दा घटेर ११.१७ प्रतिशतमा आइपुगेको छ । यस्तै हाल गणना भइरहेको दोलखा र बाजुराबाहेकका जिल्लाको समानुपातिक मत विश्लेषण गर्दा ७४ मध्ये ४७ जिल्लामा माओवादीको जनाधार खस्किएको देखिन्छ । बाँकी जिल्लामा भने धेरथोर मत वृद्धि भएको छ । राजनितिशास्त्रका प्राध्यापक डा. लोकराज बरालले राजनितिक दलहरुलाई हेर्ने जनताको वितृष्णाका कारण यसवर्षको चुनावमा मत परिपत गरेको आंकलन गरेका छन् । उनले दलहरु जनमुखी नभई सत्तामुखी भएका कारण आम मतदाताहरुले गौणरुपमा गरेको आन्दोलनको रुपमा लिएको बताए । बाइट… डा. लोकराज बराल, राजनीतिशास्त्री । विश्लेषक तुलनारायण साहले देशको प्रणालीमा चलेको अनियमिततालाई सही बनाउन जनताहरु सचेत भएका विश्लेषक तुलनारायण साह बुझाइ छ । उनले नागरिकहरुको चाहानालाई दलहरुले आफ्ना एजेण्डाका रुपमा नलिए जनताले नेतृत्व परिर्वतन गर्ने र दल परिर्वतन गरेको बताउछन ।

राजनीतिशास्त्री तथा प्रध्यापक कृष्ण खनालले सिमित व्यक्ति बस्ने प्रधानमन्त्रीको कुर्सीमा नयाँ परिवर्तनका एजेन्डा बोकेका मानिस आउन जरुरी भएको बताउछन् । पुराना दलका पुरानै नेता पटक पटक देशको सम्मानीत पदमा बसेर केहि परिर्वत गर्न नसकेको र जनताले देशमा परिर्वतन चाहेकाले जनताले नँया दल र युवा रोजेको खनालको दावी छ । सशस्त्र द्वन्द्वबाट शान्तिपूर्ण राजनीतिको मार्गमा लागेको माओवादीले डेढ दशकमा संविधानसभा र संसद्का गरी चारवटा निर्वाचनमा भाग लिएको छ । तर नयाँ शक्तिका रूपमा उठाउँदा ठुलो दलका रूपमा स्थापित भएको माओवादी निर्वाचनपिच्छे खुम्चिँदै गएको छ । २०६४ सालमा पहिलो राजनीतिक शक्ति बनेको माओवादी टुक्राटुक्रा बन्दै झन पछि झन कमजोर बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group