काठमाडौं, १६ असोज । च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको दोस्रो खेलमा स्पेनिस क्लब बार्सिलोनाले पहिलो जित निकालेको छ ।
समूहको पहिलो खेलमा बराबरीमा रोकिएको बार्सिलोनाले गए राति भएको खेलमा इटालियन क्लब इन्टर मिलानलाई २–१ गोल अन्तरले पराजित र्गयो । घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले इन्टर मिलानको एक गोलको अग्रता उल्ट्याउन सफल भयो । बार्सिलोनाको जितमा लुइस स्वारेजले दुवै गोल गरे ।खेलको तेस्रो मिनेटमा लाउटारो मार्टिनेजले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा एक गोलले पछि परेको बार्सिलोनाले दोस्रो हाफमा २ गोल गर्न सफल भयो । उसका लागि दुवै गोल लुइस स्वारेजले गरे । ५८ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई बराबरीमा र्पुयाए । त्यसपछि खेलको ८४ औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो र टिमका लागि विजयी गोल गरे । जारी च्याम्पियन्स लिगमा बार्सिलोनाको यो पहिलो जित हो । जितसँगै समूह एफ मा रहेको बार्सिलोनाले २ खेलमा ४ अंक जोडेको छ । पहिलो खेलमा बार्सिलोनाले बोरुसिया डर्टमण्डसँग गोलरहित बराबरी खेलेको थियो ।
प्रतिक्रिया दिनुहोस्