तेह्रथुम, १७ कात्तिक । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले समावेशी लोकतन्त्रको रक्षाका लागि काँग्रेस प्रतिबद्ध रहेको बताउनुभएको छ ।
बिहीबार तेह्रथुमबाट सदरमुकाम म्याङलुङमा प्रतिनिधि सभाकालागि प्रत्यक्षबाट उम्मेदवारी दर्ता गरेपछि आयोजित कोणसभामा उहाँले जिल्लाको विकास निर्माण, आर्थिक समृद्धि, सडक, शिक्षा, सिँचाइ र खानेपानी, विकास, युवा र महिलाका मुद्दा आफूले उठान गर्ने बताउनुभएको हो ।
समावेशी लोकतन्त्रको जगमा मात्रै विकास र आर्थिक समृद्धि सम्भव भएको भन्दै उहाँले यसपटकको प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावमा नेपाली काँग्रेसलाई बहुमत दिन मतदातालाई आग्रह गर्नुभयो ।
रज्यमन्त्री गेरुङ जिल्लाकै एक्ली महिला उम्मेदवार हुनुहुन्छ । उहाँको विरुद्ध वाम गठबन्धनबाट नेकपा एमालेका भवानीप्रसाद खापुङसहित अन्य जनाले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्