बुटवल, १९ कार्तिक ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटी सदस्य तथा संघिय सरकारका गृहमन्त्री रामबहादुर थापा बादलले समयमा पार्टी एकताको काम सम्पन्न नहुंदा बिकास र समृद्दीले गति लिन नसकेको बताउनु भएको छ ।
नेकपा रुपन्देहीका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता बादलले ३ महिनामा सक्ने लक्ष्य राखिएको एकता प्रकृया पुरा गर्न २ वर्ष लागेको उल्लेख गर्दै एकता प्रक्रियाको ढिलाईले कार्यकर्ताहरुमा अन्यौलता उत्पन्न भई सरकारको काम प्रभावकारी बन्न नसकेको बताउनु भयो ।
उहांले राजनितीक परिवर्तनको कार्यदिशा पुरा भएको बताउंदै मुलुक अव समाजबादको कार्यदिशामा प्रवेश गरेको जिकीर गर्नु भयो । समाजबादको अर्को नाम समृद्दी भएको भन्दै बादलले समृद्द नेपाल र सुखि नेपाली बनाउन सरकारले बिकासका पुर्वाधारहरु निर्माणमा लागिरहेको बताउनु भयो ।
५ नम्बर प्रदेश स्तरिय सुरक्षा गोष्ठीमा भाग लिन आउनुभएका गृहमन्त्री बादललाई नेकपा प्रदेश कार्यालयमा रुपन्देही पार्टी जिल्ला कमिटी अध्यक्ष तथा बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुबेदी लगायतले स्वागत गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्