अर्घाखाँची, २० कात्तिक । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं ६ दहखोलामा कार दुर्घटना हुदाँ एकै घरका तिन जनाको मृत्यु भएको छ । पाणिनि गाउँपालिका वडा नं.८ घर भई हाल सैनामैना बस्दै आएका वर्ष ८० का दुर्गादेवी खड्काको मृत्यु भएको हो । वर्ष ४३ का भक्तबहादुर खड्का र वर्ष ३९ का तिलबहादुर खड्काको मृत्यु भएको हो ।
मृत्यु हुनेमा एकै घरका आमा सहित दुई छोराको मृत्यु भएको प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । गाडि चालक वर्ष ४९ का गंगाबहादुर खड्का र वर्ष २५ का विनोद खड्का गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि बुटवल पठाईएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्