ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चार हजार मतदाता सहभागी हुने, पाँच मतदान केन्द्र तोकिए


admin
१ मंसिर २०७६, आइतबार   १ : ०१   बजे

बैतडी, १ मंसिर । यही मङ्सिर १४ मा हुने उपनिर्वाचनलाई लक्षित गर्दै बैतडीमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने भएको छ । जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार उपनिर्वाचन हुने दोगडाकेदार गाउँपालिका–४, सुर्नया गाउँपालिका–१ र पुर्चांैडी नगरपालिका–४ मा मङ्सिर ५ देखि ११ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने भएको छ ।

मतदाता शिक्षा कार्यक्रमका लागि प्रत्येक वडामा दुई–दुई जना मतदाता शिक्षा कार्यकर्ता खटाइने जिल्ला निर्वाचन अधिकारी माधव फुयाँलले जानकारी दिनुभयो । मतदाता शिक्षा कार्यकर्तालाई निर्वाचनबारे जानकारी दिनका लागि हातेपुस्तिका, स्रोतपुस्तिका, पर्चा–पम्प्लेट र नमूना मतपत्रसहित घरदैलो कार्यक्रम गरिने जनाइएको छ । सम्बन्धित मतदान केन्द्र, मतदानस्थल र घरदैलोमा पुगेर उनीहरुले मतदाता शिक्षा प्रदान गर्ने जनाइएको छ ।

मतदाता शिक्षा कार्यकर्ताले निर्वाचनको महत्व, मतदातालाई मतपत्रमा चिह्न लगाउने, मतपत्र पट्याउने, मतपेटिकामा राख्ने, मतदानस्थलमा प्रवेश गर्नुअघि र पछि पालन गर्नुपर्ने नियम र तरिकाबारे मतदातालाई जानकारी दिने भएका छन् । बदर मतको प्रतिशतमा कमी ल्याउने उद्देश्यका साथ मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिन लागिएको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।

आठजना चुनावी मैदानमा

यही मङ्सिर १४ मा हुने उपनिर्वाचनका लागि बैतडीमा आठजना चुनावी मैदानमा रहेका छन् । जिल्लाको दोगडाकेदार–४ मा नेकपाबाट नरेन्द्रप्रसाद भट्ट, नेपाली कांग्रेसबाट सुरेन्द्रप्रसाद भट्ट र राप्रपा संयुक्तबाट देवसिंह खत्रीले उम्मेदवारी दिनुभएको छ ।

यस्तै सुर्नया–१ मा नेकपाबाट धनबहादुर चन्द र नेपाली कांग्रेसबाट गजेन्द्रबहादुर चन्दको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । उता पुर्चौंडी–४ मा नेकपाबाट शैलेन्द्र धानुक, कांग्रेसबाट गोविन्दबहादुर धामी र स्वतन्त्रबाट चन्द्रबहादुर बोहराले उम्मेदवारी दर्ता गराएका छन् ।

चार हजार मतदाता सहभागी हुने, पाँच मतदान केन्द्र तोकिए

उपनिर्वाचनमा बैतडीमा चार हजारभन्दा बढी मतदाता सहभागी हुने भएका छन् । जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार निर्वाचन हुने ३ वडामा कूल चार हजार ३३६ मतदाता सहभागी हुने भएका छन् । दोगडाकेदार गाउँपालिका–४ मा एक हजार ८०८, सुर्नया गाउँपालिका–१ मा ६१९ र पुर्चौंडी नगरपालिका–४ मा एक हजार ९०९ मतदाता रहेका निर्वाचन अधिकारी फुयाँलले जानकारी दिनुभयो ।

निर्वाचन हुने ३ वडामा पाँचवटा मतदान केन्द्र तोकिएका छन् । दोगडाकेदार–४ मा केदारनाथ मावि पीपलकोट र हुनैनाथ मावि कपिन्ना, सुर्नया गाउँपालिका–१ मा गाविस भवन गुर्केली र पुर्चांैडी नगरपालिका– ४ मा महादेव मावि सिवावो, पहरोल मावि बाङ्गा मतदान केन्द्र तोकिएका छन् ।

पीपलकोट माविमा एक हजार २२९, हुनैनाथ माविमा ५७९, गाविस भवन गुर्केलीमा ६१९, महादेव माविमा ८६५ र पहरोल मावि मतदान केन्द्रमा एक हजार ४४ मतदाताले मतदान गर्न पाउने भएका छन् । यसै वर्षको साउन १६ गतेसम्म १८ वर्ष पूरा भएकाले उपनिर्वाचनमा मत हाल्न पाउनेछन् ।

वडाध्यक्ष रिक्त रहेका बैतडीका ३ वडामा मङ्सिर १४ मा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका उम्मेदवारी दिएका राजनीतिक दलहरुले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group