काठमाडौं, १ मंसिर । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाउनु भएको छ । आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बस्न लागेको जनाएको छ ।
आज बस्ने सचिवालय बैठकमा एकता प्रक्रियाकै बाँकी विषय टुङ्गो लगाइने जनाएको छ । नेकपाका अझै केही विभाग र आयोगहरुले पूर्णता पाएका छैनन् । तिनै विषयमा छलफल हुने सचिवालयले जनाएको छ ।
शनिबारमात्र तेस्रो पटक डायलासिस गराउनुभएका प्रधानमन्त्री ओलीको उपचारका लागि बाहिर जाने विषयमा परामर्श भइरहेका बेला केन्द्रीय सचिवालयको बैठक बस्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस्