काठमाडौं, २ मंसिर । बालुवाटारमा हिजो ( आइतवार ) बसेको बैठकले आज मन्त्रिपरिषद् पुनर्गठन गर्ने गरी सहमति भएको छ । बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले (आज) सोमवार नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने सहमति गरेको हो । वैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि मन्त्रिपरिषद् पुनर्गठन गर्ने जानकारी गराउनु भएको बालुवाटार स्रोतले जनाएको छ । तर, कुन–कुन मन्त्री हटाउने ककसलाई ल्याउने भन्ने विषयमा भने कुनै छलफल भएको छैन । आजै नै हटाउने र नयाँ ल्याउने मन्त्रिको विषयमा छलफल गरेर टुंगो लगाउने एक सचिवालय सदस्यले जानकारी दिए ।
तर प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार सोमबार नै पुनर्गठनको तयारी भएको छैन । “प्रधानमन्त्रीज्यूको सोमवार काठमाडौं बाहिर पनि कार्यक्रम तय भएको छ,” स्रोतले भन्यो ।
प्रधानमन्त्रीले केही समयअघि देखि नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने बताएको भए पनि अहिलेसम्म हुन सकेको छैन । केही मन्त्री मात्रै हेरफेर गर्ने कि सबै भन्ने बारेमा पनि पार्टीभित्र अनौपचारिक छलफल भएको छ । कतिपय सदस्यले पूरै परिवर्तन गर्न सुझाव दिएका छन् भने कतिपयले केही मात्रै मन्त्री फेर्न सुझाव दिएको स्रोतले बतायो ।
प्रतिक्रिया दिनुहोस्