जनकपुरधाम, २ मंसिर । जनकपुरमा हुने विवाह पंचमी महोत्सवको तयारी तीव्र पारिएको छ । विवाह पंचमी महोत्सवलाई लिएर जानकी मन्दिरलाई सजाउने काम गरिएको छ भने नगरमा पनि सरसफाईको काम बढाईएको छ ।
विवाह पंचमी महोत्सवलाई भव्यता प्रदान गर्नको लागि सप्ताहव्यापी कार्यक्रम गर्न लागिएको हो । विवाह पंचमी महोत्सवको पहिलो दिन जनकपुर नगर दर्शन, दोश्रो दिन फुलवारी लिला, तेश्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौ दिन मटकोर कार्य, छठौं दिन शुभविवाह र सातौ दिन राम कलेवाको आयोजना गरिने जानकि मन्दिरका छाटे महन्थ रामरोशन दास वैसणवले बताए । विवाह पंचमी महोत्सवको अवसरमा जानकी मन्दिरमा धार्मिक कथा तथा राम लिला र झाँकीहरु पनि प्रर्दशन गरिने गरिन्छ ।
विवाह पंचमी महोत्सवलाई भव्यताका साथ मनाउनको लागि विभिन्न उपसमिति गठन गरि काम अघि बढाईने जानकी मन्दिरका छाटे महन्थ रामरोशन दास वैसणवले जानकारी दिए । सातदिने विभिन्न कार्यक्रम गरी मनाइने “विवाह पञ्चमी महामहोत्सव मंसिर १० गतेदेखि १६ गतेसम्म हुने कार्डमा उल्लेख छ । त्रेता युगमा भएको राम सिताको विवाहको सम्झनामा हरेक बर्ष विवाह पञ्चमी धुमधामका साथ मनाइने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्