ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छोरी बचाऔँ कार्यक्रम प्रभावकारी बन्दै


admin
६ मंसिर २०७६, शुक्रबार   ५ : १८   बजे

विराटनगर,६ मंसिर । विराटनगर महानगरपालिकाले विसं २०७५ मा ल्याएको छोरी बचाऔँ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । छोरीलाई बोझ ठान्ने मानिसको धारणामा पनि परिवर्तन आएको छ । छोरी बोझ होइन, तिनालाई सम्मान गर्नुपर्छ र समयानुसार दक्ष एवं शिक्षित बनाउँदै लैजानुपर्छ भन्ने धारणाको विकास हुनु नै कार्यक्रमको सफलता भएको महानगरपालिकाको ठहर छ ।

चालू आर्थिक वर्षदेखि कार्यक्रम शुरु भएपछि लाभान्वित वर्ग खुशी हुँदै गएको महानगरपालिका उपप्रमुख इन्दिरा कार्कीले बताउनुभयो । महानगरपालिकाले बालबालिकाको हितको संरक्षण, सरसफाइ, लैङ्गिक समानता, हिंसा, गरीबी, सीमान्त महिलालाई संरक्षण, छोरीको गर्भपतनको न्यूनीकरण र छोरीलाई प्रोत्साहन गर्न सो कार्यक्रम सञ्चालनमा ल्याएको हो । यसका लागि महानगरपालिकाले रु ३५ लाख बजेट विनियोजन गरेको छ । कार्यक्रमअन्र्तगत पहिलो सन्तानलाई रु तीन हजार र दोस्रोलाई रु २५ हजार महानगरपालिकाले ग्लोबल बंैकमा खाता खोली सो रकम बंैकमा १८ वर्षका लागि राखिदिने गरेको छ । पहिलो सन्तान जन्माउने ३५ तथा दोस्रो सन्तान जन्माउने ३२ जनाले यो सुविधा लिएका छन् ।

सेवा लिनलाई स्वास्थ्य संस्था वा अस्पतालमा सन्तान जन्मिएको हुनुपर्ने, ३५ दिनभित्र जन्म दर्ता गरेको, वडा कार्यालयको सिफारिस अनिवार्य लिएको, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, विवाह दर्ताको प्रतिलिपि र दोस्रो सन्तानका हकमा दुवै छोरीको जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि अनिवार्य रुपमा रहेको हुनुपर्ने उपप्रमुख कार्कीले जानकारी दिनुभयो । कार्यक्रम आउने दिनमा अझै प्रभावकारी बन्ने र यसले समाजमा सकारात्मक प्रभाव पार्ने धारणा उहाँले व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group