ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

औषधि खान मान्दैनन् एचआइभी सङ्क्रमित, १ सय ५१ को मृत्यु


admin
६ मंसिर २०७६, शुक्रबार   ५ : २३   बजे

काठमाडौँ, ६ मङ्सिर । जिल्लाको पूर्वीचौकी गाउँपालिकाकी धनसरा विक विसं २०६३ देखि एचआइभी सङ्क्रमितहरुले सेवन गर्ने एआरटी प्रयोगकर्ता हुन्, तर विगत केही महिनादेखि उनी औषधि सेवन गरिरहेकी छैनन् । उनी आफूलाई निको भइसकेकाले अब सधैँ औषधि खाइरहनु नपर्ने भन्दै एआरटी नखाने जिद्दी गर्छिन् । एआरटी सेवन गर्न छाडेपछि उनलाई अन्य रोगहरुले सङ्क्रमण गर्न थालेको छ ।

धनसराजस्तै अन्य सङ्क्रमितले पनि औषधि सेवन गर्न आनाकानी गर्ने गर्छन् । “स्वास्थ्य संस्थाबाट औषधि लिएर जान्छन् तर घरमा लगेर थन्क्याइदिन्छन्”, सङ्क्रमित कमला मल्लले भन्नुभयो, “एक सङ्क्रमित महिलाले २४ महिनासम्मको औषधि घरमै थन्क्याएको पाइयो ।” औषधि सेवन नगरेकै कारण ती महिलाको छिट्टै मृत्यु हुने कमलाको दाबी छ ।विसं २०६२ मा पहिलोपटक आफू एचआइभी सङ्क्रमित भएको भन्दै खुलेकी कमला मल्लले भन्नुभयो, “कयौँ सङ्क्रमितको औषधि सेवन गर्दागर्दै मृत्यु भएको हुँदा पनि औषधि खाएर केही हुँदैन भन्ने नकारात्मक सन्देश गएको छ, त्यसैले उनीहरु औषधि सेवन गर्दैनन् ।”

पछिल्लो समयमा यस्तो समस्या देखिएको जिल्ला अस्पताल डोटीका डा गिरीष अवस्थी बताउनुहुन्छ । “लगातार औषधि खाएपछि कमजोर भइन्छ भन्ने एचआइभी सङ्क्रमितमा मानसिकता रहेको पाइयो”, डा अवस्थीले भन्नुभयो, “लगातार औषधिको सेवन गर्न झण्झट मान्ने रहेछन् ।” जिल्ला अस्पताल डोटीका मेडिकल सुपरीडेन्टेन्ट डा भुषण मिश्रले सङ्क्रमितलाई एआरटीको महत्वबारे जानकारी नभएका कारण उनीहरुले बीचमै औषधि सेवन गर्न छाड्ने बताउनुभयो । “लगातार औषधि खाँदा ‘साइड इफेक्ट’ हुन्छ भन्ने बुझाइ एचआइभी सङ्क्रमितमा रहेको छ”, डा मिश्र भन्नुहुन्छ, “तर एआरटी सेवन नगरे छिट्टै मृत्युको मुखमा पुगिन्छ भन्ने कुरा बुझेका छैनन् ।” डोटी जिल्लामा एआरटी सेवन गरिरहेकामध्ये २३ सम्पर्कविहीन रहेको जिल्ला अस्पतालका एआरटी शाखाका प्राविधिक कमल रेग्मीले बताउनुभयो ।

जिल्ला अस्पताल डोटीबाट एआरटी सेवन गरिरहेका कूल ७६४ सङ्क्रमितमध्ये हालसम्म १५१ को मृत्यु भइसकेको रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार ६० जनालाई जिल्ला बाहिर सिफारिस गरिएको छ । जिल्लामा रहेका अधिकांश स्थानीयवासी कामका लागि भारत जाने तथा त्यहाँ उनीहरुले गर्ने असुरक्षित यौन सम्पर्कका कारण जिल्लामा एचआइभी बढ्न थालेको छ । एचआइभी सङ्क्रमितबाट जन्मेका अधिकांश बालबालिकामा समेत एआइभी देखिएको जिल्ला अस्पताल डोटीको तत्थ्याङ्कमा उल्लेख गरिएको छ । पछिल्लो समय जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या बढिरहेको जिल्लामा एचआइभीको क्षेत्रमा काम गर्ने सङ्घसंस्थाको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

बालेनले सच्याए सीमा विवादबारेको अभिव्यक्ति

एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा आउँदैन : सभापति लामिछाने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group