ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मधेशी आयोगबाट आयोगको आफ्नै नाम फेरिदिन आग्रह


एबीसी न्यूज
६ मंसिर २०७६, शुक्रबार   ६ : ११   बजे

काठमाडौँ, ६ मङ्सिर । मधेसी आयोगले आयोगको नाम फेरिदिन आग्रह गरेको छ । मधेसीको पुनःपरिभाषा गर्नुपर्ने र आयोगको नामै परिवर्तन गर्नुपर्ने निश्कर्ष सहित आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति भण्डारीलाई बुझाएको छ । संविधानको धारा २६२ मा मधेसी आयोगको प्रावधान छ । सोही प्रावधानअनुसार गठित मधेशी आयोगले आयोगको आफ्नै नाम फेरिदिन सिफारिस गरेको हो ।

मधेसी आयोगमा ‘राष्ट्रिय’ शब्द थपी ‘राष्ट्रिय मधेसी आयोग’ बनाउनुपर्ने सरकारसमक्ष सिफारिस गरिएको छ । मारवाडी समुदायलाई मधेसीभन्दा बेग्लै सांस्कृतिक पहिचान दिनुपर्ने सुझाव पनि प्रतिवेदनमा समेटिएको छ । मारवाडी समुदायले आफ्नो बेग्लै पहिचान हुनुपर्ने माग गर्दै आएको अवस्थामा यही मागलाई सम्बोधन गर्दै मधेसी आयोगले उनीहरुलाई सांस्कृतिक पहिचान दिन सिफारिस गरेको हो । मधेसी समुदायमा को–को पर्छन् भन्ने विवाद भएमा कुन व्यक्ति मधेसी हो वा होइन भन्नेबारे अन्तिम निर्णय गर्ने अधिकार आयोगलाई दिइनुपर्ने प्रतिवेदनमा माग गरिएको छ । नेपालमा रहेको मारवाडी समुदाय मधेसीको कोटाबाट प्रतिनिधित्व गर्न भएपनि तत्कालिन राणाहरुले नेपालमा ब्यापार गर्न भारतको राजस्थानबाट बोलाएर ल्याएको भन्दै उनीहरुले बेग्लै पहिचानको माग गरेका हुन् । आयोगले सीमानामा परिचयपत्र लागू गर्न र सीमा व्यवस्थापन प्रभावकारी तरिकाले गर्न भनेको छ ।

पछिल्लो समय नेपाल–नेपाल भारत सीमा समस्या सम्बन्धी विषय सतहमा बहसमा रहेका बेला आयोग बार्षिक प्रतिवेदनमार्फत आयोगले नेपाल सरकारलाई सीमा व्यवस्थापन गर्न सुझाव दिएको हो । सीमामा परिचयपत्र लागू गर्नुपर्ने वा सीमा व्यवस्थापन प्रभावकारी तरिकाले हुनुपर्ने सिफारिस गरिएको छ । आयोगले सीमा व्यवस्थापन गर्नुपर्ने, निर्वाचनलाई पूर्णतः व्यवस्थित गर्नुपर्ने लगायतका विषयमा सरकारलाई सुझाव समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group