ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘सरकार प्रभावकारीरुपमा चल्न नसक्दा मन्त्री परिवर्तन’– रामशरण महत


admin
६ मंसिर २०७६, शुक्रबार   ७ : ४७   बजे

 

काठमाडौँ, ६ मङ्सिर । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले सरकार प्रभावकारीरुपमा चल्न नसक्दा मन्त्री परिवर्तन गर्नुपर्ने अवस्था आएको आरोप लगाउनुभएको छ ।

मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ क मा हुने प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि आज भक्तपुर नगरपालिका–१० कमलविनायकमा आयोजना गरिएको घरदैलो कार्यक्रममा उहाँले सरकार निष्प्रभावी हुँदा मन्त्री परिवर्तन गर्दै जानुपर्ने अवस्था आएको उल्लेख गर्नुभयो । “काँग्रेसले उपनिर्वाचनलाई प्रतिपक्षलाई बलियो बनाउन तथा सत्ताप्रतिको जनताको असन्तुष्टिलाई मापन गर्ने पारोका रुपमा लिएको छ”, नेता महतले भन्नुभयो ।

काँग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले महङ्गी, कर, बलात्कार, भ्रष्टाचारलगायत नियन्त्रण हुन नसकेकाले सरकारलाई सतर्क र सजग गराउन समेत काँग्रेसको जित आवश्यक रहेको बताउनुभयो । घरदैलो कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, पूर्वसांसद कञ्चनचन्द्र वादे, केन्द्रीय सदस्य रमा पौडेल, भक्तपुर जिल्ला सभापति दुर्लभ थापालगायत सहभागी रहेको उपनिर्वाचन परिचालन समितिका संयोजक उद्धव खड्काले जानकारी दिनुभयो । उपनिर्वाचनमा काँग्रेसबाट कृष्णलाल भँडेल उम्मेदवार रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

सम्बन्धित

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group