ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखराको समग्र विकासको सारथी बन्छु– विद्या भट्टराई


admin
७ मंसिर २०७६, शनिबार   ५ : ३७   बजे

कास्की,७ मंसिर । कास्की निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा नेकपाका उम्मेदवार विद्या भट्टराई अधिकारीले पोखराको समग्र विकासमा आफू सारथी बन्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

पोखरा महानगरपालिका–२० भलाममा घरदैलो कार्यक्रमपश्चात् आज आयोजित चुनावीसभामा उहाँले चुनावमा जीतसँगै यस क्षेत्रका भौतिक पूर्वाधार विकास एवम् जनताका आधारभूत आवश्यकतालाई प्राथमिकताका साथ अघि बढाइने आश्वासन दिनुभयो ।

संविधानले व्यवस्था गरेको महिला हकअधिकारको संरक्षणमा आफू लाग्न जनाउँदै उहाँले युवा शक्तिको सीप र महिलाको सशक्तीकरण ‘समृद्ध नेपाल, सुखी नेपाली’को आधार भएको बताउनुभयो स्व रवीन्द्र अधिकारीको उत्तराधिकारीका रुपमा र महिला नेतृत्व स्थापित गर्न पार्टीले आफूलाई उम्मेदवार बनाएको बताउँदै उहाँले आप्mनो जीतसँगै संविधान कार्यान्वयनमा जोड दिइने स्पष्ट पार्नुभयो ।

सो अवसरमा नेकपा गण्डकी प्रदेश सहइन्चार्ज एवम् पूर्वमन्त्री खगराज अधिकारीले भलाम क्षेत्रलाई मध्य पहाडी लोकमार्गले जोडेसँगै विकास निर्माणले काँचुली फेर्ने बताउँदै यस क्षेत्रको समग्र विकास निर्माणमा पार्टी र सरकारको ध्यानाकर्षण भएको जानकारी दिनुभयो ।नेकपा केन्द्रीय सदस्य एवम् कास्की इन्चार्ज राजकाजी गुरुङले संस्कृतिमन्त्री हुँदा रवीन्द्रले नै राजनीतिसँगै संस्कृति पनि रुपान्तरण गर्नुपर्छ भनेर कदम चाल्नुभएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group