ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंको आकाशमा अनौठो जहाज देखिएको बास्तविकता यस्तो (भिडियोसहित)


एबीसी न्यूज
८ मंसिर २०७६, आइतबार   २ : ११   बजे


काठमाडौं, ८ मसिर  । शनिवार बिहान राजधानीको आकाशमा अनौठो विमान देखापरेपछि उपत्यकाबासी अचम्मित भएका छन् ।

राजधानीलाई दुई फन्को लगाएको उक्त अनौठो जहाज कहाँबाट नेपाल प्रवेश गर्यो र कुन प्रयोजनका लागि सो विमानले राजधानीको परिक्रमा गर्यो भन्ने विषयमा कसैले पनि त्यसको उत्तर दिन सकेन ।

हवाई क्षेत्रका जानकारहरुले उक्त विमान भारतीय एयरफोर्सको विमान भएको दाबी गरेका छन् यस्तै केही सञ्चारमाध्यममा चर्चाको विषय पनि बन्यो ।

यो जहाजलाई भारतीय लडाकु बिमान वा जासुस बिमान हुन सक्ने अड्कल पनि कतिपयले गरे । तर, विज्ञहरुका अनुसार आकासमा कलात्मक देखिने गरी धुवाँ फाल्ने जहाजको विषय अर्कै हो । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन दीप ज्वार्चनका अनुसार आकासमा यसरी देखिने जहाजको पुच्छरजस्तो आकृतिलाई ‘कन्ट्रेल्स’ भनिन्छ ।

लामो दूरीमा यात्रा गर्ने जहाजहरु ३५ हजार फिटसम्मको उचाइमा उड्छन् । नेपालमा आन्तरिक जहाजहरु १ हजारदेखि १७ हजार फिटसम्मको उचाइमा मात्र उड्ने गर्छन् । काठमाडौंमा अवतरणका लागि आएका अन्तर्राष्ट्रिय जहाज पनि नेपालमा छिर्दा तल झरिसकेका हुन्छन् । ‘काठमाडौंमा अवतरण नगर्ने तर नेपालको आकास हुँदै उड्ने अन्तर्राष्ट्रिय उडानका जहाजले चाहिँ धुवाँ फाल्दा कलात्मक आकृति देखिने गर्छ,’ जब आकासको तापक्रम अत्यन्तै कम हुन्छ, जहाजले नियमित उडानकै दौरान फाल्ने धुँवा चिसो मौसमका कारण बाहिर निस्कनासाथ जम्छ र पानी बन्छ ।

जसले गर्दा जहाजको पुच्छरजस्तो आकृति बन्छ । यही आकृतिलाई धेरैले अनौठो जहाज, जासुस जहाज वा लडाकु जहाजका भन्ने गर्छन । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार नेपालको आकाश अहिले भूटानबाट दिल्लीका लागि उड्ने जहाजले पनि प्रयोग गर्छन् । ती जहाजले काठमाडौं टावरलाई आफू नेपालको आकासमा उडिरहेको जानकारी गराउँछन् । नेपाल नागरिक उडेडयन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीले नेपाली आकासमा उड्ने सबै जहाजको रेकर्ड काठमाडौं टावरलाई थाहा हुने भएको बताउनुभयो ।

नेपालको अनुमतिबिना कुनै पनि जहाज नेपाली आकाशमा छिर्न नपाउने उहाले भन्नुभयो । काठमाडौंको उचाई समुद्र सतहबाट ४ हजार फिट रहेको छ । काठमाडौंको तापक्रम २० डिग्री छ भने ३५ हजार फिट उचाइमा तापक्रम ९४२ डिग्रिसम्म पुगेको हुन्छ । जमीनबाट ८।९ किलोमिटर माथि उचाइमा उड्दा त्यहाँको वातावरणको प्रतिक्रियाले देखिने आकृतिलाई जासुस वा लडाकु विमान भन्दै भ्रम पर्ने गरेको छ ।

अमेरिकी स्पेस एजेन्सी (नासा)ले उल्लेख गरेअनुसार पहिलोपटक सन् १९२० मा यस प्रकारको बादल आकासमा देखिएको थियो । त्यसबेला विश्वयुद्ध चलिरहेको थियो । सामान्यतया आकास खुला भएको समयमा यस्तो दृष्य देखिने गरेको छ ।

यो कन्ट्रेल हो। condensation trails लाई छोटकरीमा contrail भनिन्छ। चीसो मौसममा मुखले हा…गर्दा वाफ उड्छ नि, झण्डै त्यस्तै प्रक्रिया हो। हवाइजहाजबाट निस्किएको ग्यास पानीको वाफसँग मिसिएपछि सानो सानो बादल जस्तो गरी यस्तो कन्ट्रेल बन्ने हो। यस्तो देखिनका लागि चीसो मौसम र आकाशमा बादल नभएको हुनुपर्छ।

यो भिडियो हेर्नुस्-

अब ठ्याक्कै त्यो समयमा कुन चाहिँ विमान उड्यो होला त? समाचारमा लेखिएको ७ बजेर २५ मिनेटको समयमा काठमाडौँबाट देखिएर पश्चिमतर्फ गएको भनेपछि फ्लाइटराडार २४ मा हेर्दा यो भुटानको पारोबाट नयाँ दिल्ली उडेको भुटान एयरलाइन्सको विमान हुनुपर्छ।

केही वर्षअघि एभिन्युज टेलिभिजनले यस्तै आकाशमा देखिएको कुरालाई लिएर दिनभर बहस चलाएको थियो। पछि नागरिक उड्डयन प्राधिकरणले हैन, त्यो त भुटानको विमान हो भनेको थियो। अहिले पनि सेतो धर्को बनाएको भरमा यो अनौठो विमान हुँदैन।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group