काठमाडौं, ९ मंसिर । प्रेस संगठन नेपालले एकता टुंगो लगाएको छ । लामो गृहकार्यपछि संगठनले केन्द्रीय कमिटी, प्रदेश कमिटीको पदाधिकारीसहित एकताका क्रममा जिल्ला संयोजक लिने जिल्लाको टुंगो लगाएको हो । संगठनका संयोजक महेश्वर दाहाल र सहसंयोजक गणेश बस्नेतले आज एकता टुंगो लगाएको घोषणा गर्नुभएको हो ।
यस्तो छ एकता
प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालबीच एकीकरण भइ प्रेस संगठन नेपाल निर्माण भएको र संगठनको संयोजक र सहसंयोजकसमेत चयन भइसकेको सबैमा अवगत नै छ । संगठनको एकताप्रक्रियाका बाँकी कामहरु केन्द्रीय कमिटीको संख्या, केन्द्रीय सदस्य, आयोगहरु, प्रदेश समितिका संयोजक र सहसंयोजक तथा जिल्लाका संयोजक सहसंयोजक सम्बन्धमा देहाय बमोजिमको निर्णय गरिएको सार्वजनिक जानकारीका लागि यो प्रेस विज्ञप्ती जारी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्