काठमाडौं, ९ मंसिर । मंसिर १४ गते हुने आसन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने कास्की २ नम्बर निर्वाचन क्षेत्रस्थित पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष शिव आचार्यको घरमा बम विस्फोट गरिएको छ । आइतवार राति वडाध्यक्ष आचार्यको घरमा बम विस्फोट हुँदा कारमा क्षति पुगेको छ । राति पौने ३ बजेतिर बम विस्फोट भएको थियो ।
वडाध्यक्षको पोखरा महानगरपालिका–१७ बिरौटामा रहेको घरमा बम विस्फोट हुँदा ग२च ४२६ नम्बरको कारमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले बताए ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । वडाध्यक्ष आचार्य तत्कालीन एमालेबाट उम्मेदवार भइ निर्वाचित भएका थिए ।
प्रतिक्रिया दिनुहोस्