ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बर्दियाको भगरैया ताल मानवीय अतिक्रमणको चपेटामा ( भिडियोसहित)


एबीसी न्यूज
९ मंसिर २०७६, सोमबार   ११ : ४८   बजे

बर्दिया, ९ मंसिर । बर्दियाको मधुवन नगरपालिका वार्ड न ३ मा रहेको भगरैया ताल संरक्षणको अभावमा संकटग्रस्त बनेको छ । छिमेकी राष्ट्र भारतको सीमासंग जोडिएको भगरैया तालको संरक्षण हुन नसक्दा ताल लोप हुने अवस्थामा पुगेको हो । प्रदेश न ५ को बर्दिया जिल्ला मधुवन नगरपालिका वार्ड न ३ मा पर्ने भगरैया ताल प्रकृति निर्मित सम्पतीको रुपमा रहेको छ । त्यस क्ष्ँेत्रमा मानिसहरुको बसोवास सुरु हुदाको अवस्थामा नै यो तालको अस्तित्व रहेको स्थानिय जान्नेबुझ्ने बताउंछन् । करिब ३ किलोमिटर लम्वाई र ५ सय मिटर चौडाई रहेको ताल हाल अतिक्रमणको चपेटामा परेको छ ।

नेपाल भारत सीमाको दशगजा क्ष्ँेत्रनजिकै नेपालमा यो ताल रहेको छ । तालमा कुनै बेला माछा र सीगाडाको राम्रो कारोवार हुने गर्दथ्यो । यहा भारतिय नागरिकले माछा पाल्ने र सीगाडा उत्पादन गरेर लैजाने गर्थे । गणतन्त्र स्थापना पछि तालको वरीपरी क्षेत्रमा सुकुम्वासी वस्ती बसाल्न थालियो । त्यसपछि भने करिब ३ किलोमिटर लामो रहेको ताल करिब ५ सय मिटरमा सीमित बन्न पुगेको छ । तालको संरक्षण र प्रवद्र्धन गर्न सके मात्र आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न सक्ने स्थानीयबासिन्दा बताउंछन् ।

बर्दियाको गुलरियादेखि पश्चिम करिब २२ किलोमिटर दुरीमा रहेको भगरैया ताललाई सरक्ष्ँण गरी आन्तरिक र बारह पर्यटक पर्बद्धन गर्नका लागी अहिले भगरैया ताल सिमसार क्ष्ँेत्र संरक्षण समिति गठन गरिएको छ । जिल्ला वन कार्यालय र खाता इलाका वन कायालय र विभिन्न संघ सस्थाको पहलमा तालको दक्षिणतिर माटोको पर्खाल लगाइएको छ । नगरपालिकाबाट वजेट बिनियोजन गरि संरक्ष्ँको कार्यलाई अघि बढाइएको छ ।

यस क्ष्ँेत्रमा थारु समुदायको बसोवास बढि रहेकाले तालमा जलदेवताको वास रहेको भनि पुजा हुने गरेको छ । यसकारण धार्मिक हिसाबले समेत पहिलेदेखि तालको संरक्ष्ँण हुंदैआएको थियो । तर मानवीय अतिक्रमण बढ्न थालेपछि ताल संकटमा पर्न थालेको हो ।

ताल आसपासका रहेका गाउघरको वर्षे पानी निकासीको लागी स्थानिय मानिसले खनेको कुलोबाट बहेको बालुवा र माटोले भरिदै तालको केहिभाग पुरिएको छ । पुरिएको क्षेत्रमा चौर र खेत बनेको छ । ताल पुरिने क्रम बढदो छ । पुरिएको तालको जमिन सुकुम्वासीको नाममा वितरण गरिएको छ । समयमै नसोच्ने हो भने भगरैया ताल इतिहासमा मात्रै समेटिने खतरा पनि बढदै गएको छ ।

नेपाल भारत दशगजासगै जोडिएको यो तालको संरक्ष्ँण र दिगो व्यवस्थापन गर्न अति नै आवश्यक देखिएकोछ । पछिल्लो पटक सरकारी निकायले केही चासो दिन थालेका छन् । विभिन्न संघ सस्थाले पनि त्यस क्ष्ँेत्रमा लगानि गर्न इच्छुक देखिएका छन ।

भगरैया तालमा गोहि, विभिन्न जातका माछा ,स्थानिय एवं आप्रवासी चराचुरुङ्गीको वासस्थाने छ । खाता जैविकमार्गमा पर्ने भएकोले त्यस क्षेत्रमा विभिन्न बन्यजन्तु हात्ति गैडा बाघको ओहोर दोहर हुने महत्वपुर्ण स्थान समेत बनेको छ । भगरैया ताल सीमसार क्ष्ँेत्रको संरक्ष्ँण विकास गरी पर्यटकिय विकास गर्न, बातावरणीय, पर्यावरणीय धार्मिक तथा संस्कृतिक सम्पदाको संरक्षण र सम्बद्र्धन गर्न सबैपक्षको सहयोग आवश्यक देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group