ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संबिधान संशोधन गर्ने देउवाको कुरा भारत रिझाउन : केपी ओली


sharan sharan
२३ कार्तिक २०७४, बिहिबार   ६ : १३   बजे
फाइल फोटो

काठमाण्डौ, २३ कार्तिक ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले भारतलाई रिझाउन फेरी संविधान संशोधन गर्ने अभिव्यक्ति दिएको आरोप लगाउनु भएको छ ।
अध्यक्ष ओलीले प्रधानमन्त्री देउवाले जनकपुरमा दिएको संविधान संशोधन गर्ने अभिव्यक्ति भारतलाई खुसी बनाउने आशयका साथ आएको दावी गर्नु भएको हो । उहांले संविधान संशोधन गर्ने प्रधानमन्त्रीको अभिव्यक्ति मधेशको जनताका अधिकारका लागि नभएर भारतीय नागरिकलाई राष्ट्रपति र मुख्यमन्त्री बनाउने नियतका साथ आएको भन्दै आक्रोश पनि व्यक्त गर्नु भयो । बिहीबार काठमाडौं क्षेत्र नम्बर ४ का पार्टीका उम्मेदवार राजन भट्टराईको चुनावी सभालाई सम्बोधन गर्दै उहांले भारतीय सिमापारी नेपालका हजारौं मालबाहक सवारी साधन खुलाउन बोल्न नसक्ने प्रधानमन्त्रीले संविधान संधोधन गर्ने अभिव्यक्ति दिन लाजमर्दो भएको टिप्पणी पनि गर्नु भयो ।
अध्यक्ष ओलीले एमालेको लोकतन्त्रप्रतिको निष्ठामा प्रश्न नगर्न पनि सत्तारुढ कांग्रेसलाई चेतावनी दिनु भयो । उहांले एमालेले मुलुकलाई समृद्ध, समुन्नत, सभ्य र आधुनिक बनाउने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । अध्यक्ष ओलीले राष्ट्र र जनताको हितबाहेक एमालेको अरु कुनै उद्देश्य नरहेको दावी पनि गर्नु भयो । अध्यक्ष ओलीले बामपन्थी गठबन्धनले पार्टीको तर्फबाट काठमाडौं क्षेत्र नम्बर ४ मा उठाएर उम्मेदवार भट्टराई परराष्ट्र मामलाका जानकार भएको उल्लेख गर्दै उहांलाई जिताएर पठाउन पनि स्थानीय मतदातासंग आग्रह गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group