ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैंकमा रहेको तपाईंको पैसा जोगाउन यस्तो गर्नुस् ! एकपछि अर्काे जोखिम


admin
११ मंसिर २०७६, बुधबार   ३ : ३३   बजे

काठमाडौं, ११ मंसिर । तपाई बैंकको एसएसएस सेवा लिन छुटाउनु भएको त छैन रु छुटाएको भए तत्कालै जोडिहाल्नुस् । नत्र बैंकको मौज्दात रकम अरु कसैले लगिसकेको हुनसक्छ । यसरी लगेको पैसा न बैंकलाई थाहा हुन्छ न तपाईलाई ।

काठमाडौँमा यस्तै एउटा ठूलो घटना सार्वजनिक भएको छ । जुन तपाईले पत्याउनै सक्नुहुन्न । रकम सुरक्षित हुन्छ र चाहेको बेलामा निकाल्न पाइन्छ भनेर ढुक्कसँग बैंकमा पैसा राखिन्छ तर बैंकको कर्मचारीको लापर्वाहीले त्यो पैसा सजिलै अर्कैले निकालेर लान्छ । बैंकको सेवामा प्रश्न चिह्न लाग्ने गरी एउटा गिरोहले यसैगरी अर्कै व्यक्तिको खातामा रहेको झण्डै रु २० लाख नगद निकाल्न सफल भएको छ । कुनै प्रविधिको प्रयोग विनै चेकमार्फत यसरी सजिलै पैसा निकालेर लगिन्छ भने अब बैंकलाई कसरी विश्वास गर्ने रु गम्भिर प्रश्न खडा भएको छ ।

चिनियाँ ह्याकरले एटिएमको स्वीच ह्याक गरेर गत भदौमा करोडौैँ रकम निकालेका थिए । कृषि विकास बैंक र पानस रेमिटको सफ्वेयर ह्याक गरेर असोजमा रु ६५ लाख निकालिएको थियो । उनीहरुको रु पाँच अर्ब निकाल्ने योजना प्रहरीको सक्रियताले विफल भएको थियो । उक्त घटनामा संलग्न चिनियाँसहित नेपाली अहिले पनि पुर्पक्षका लागि थुनामा छन् । प्रविधिको प्रयोग बढेसँगै बैंकिङ प्रणालीमाथि नै प्रश्न चिह्न लाग्ने गरी भएको घटना सेलाउन नपाउँदै प्रविधिको उपयोग नगरी खातावालको कीर्ते हस्ताक्षर गरेर उसैको नाममा नयाँ चेकबुक बनाई पैसा निकालिएको घटना सार्वजनिक भएको छ । खातावालाले एसएसएम सेवा प्रयोग गर्दा पैसामात्रै जोगिएन गिरोह नै पक्राउ परे । घटना आइतबारको भए पनि महानगरीय प्रहरी परिसर काठमाडौँले आज सार्वजनिक गर्दै फरक खालको गिरोह देखिएको जनाएको छ । उक्त घटनामा संलग्न छ जनालाई पक्राउ गरी उनीहरुबाटरु रु १८ लाख ५० हजार बरामद गरिएको छ भने केही पैसा उनीहरुबीच बाँडेको फेला परेको छ ।

यसरी भएको थियो घटना

आइतबार दिउँसो करीब २ बजे जनता बैंक ग्वार्को शाखामा गोपालमान राजवाहकको नाममा चेकबुक हराएको भन्दै नयाँ चेकबुक बनाउन निवेदन आयो । बैंकका कर्मचारीले २ः३० बजे सजिलै चेकबुक बनाएर पठाइदिए । त्यहीँ शाखाबाट पैसा निकाल्दा शङ्का हुने देखेर उक्त गिरोहले दिउँसो ३ः३० बजे बानेश्वरस्थित उक्त बैंकको शाखाबाट चेकमार्फत रु नौ लाख ९९ हजार पैसा निकाले । दिउँसोको काउण्टर बन्द भएपछि साँझ दुईवटा चेकमार्फत उनीहरुले राजवाहककै खातबाट रु पाँच/पाँच लाख नगद निकाले ।

यसरी क्रमैसँग पैसा निकालेको एसएमएस आउँदा राजवाहक दङ्ग हुनुहुन्थ्यो । “कसैलाई चेक दिएकै छैन, एटिएम कार्ड पनि दिएको छैन कसरी पैसा निस्कियो”, चकित पर्नुभयो । उक्त एसएसएससहित राजवाहक महानगरीय प्रहरी पसिरको सम्पर्कमा आउनुभयो ।तत्कालै प्रहरी हाइअलट भयो । उनीहरुको निगरानी शुरु भयो । सबै बैंकलाई सर्कुलर गरेर प्रहरीले त्यस्ता व्याक्ति आउने बित्तिकै खबर गर्न भनियो । राजवाहकको खातामा रु पाँच लाख बाँकी रहेको थाहा पाएका गिरोह भोलिपल्ट सोमबार त्यसैगरी तीन वटा चेक बनाएर बैंकबाट पैसा निकाल्ने क्रममा न्यूरोडबाट पक्राउ गर्न सफल भएको परिसरका वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले बताउनुभयो ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पाँचखाल घर भई कालीमाटी बस्दै आएका १९ वर्षका सुवास श्रेष्ठ, सोही ठाउँ बस्ने १९ वर्षका कुमार तामाङ, १८ वर्षका मनिष घिमिरे, २१ वर्षका अञ्जन बराल, बाग्लुङ गलकोटका २५ वर्षीय सुमन पौडेल र सिन्धुपाल्चोक ज्यामिरे घर भई काठमाडौँ बस्ने ३० वर्षका गोविन्द घिमिरे रहेका छन् । उनीहरुलाई बैंकिङ कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान थालिएको परिसरले जनाएको छ ।उनीहरुको साथबाट प्रहरीले नगद रु १८ हजार ५०० सहित विभिन्न व्यक्तिको नागरिकताको प्रतिलिपि २९० थान, सयौँ व्यक्तिको बैंकमा रहेको रकम उल्लेख भएको २६ वटा हाजिरीखाता खोल्न फोटो टाँसेको फारम ३०० वटा, विभिन्न व्यक्तिको बैंक स्टेटमेन्ट १९५ वटा, विभिन्न व्यक्तिको नाममा जनता बैंकको ५७ वटा चेकबुक बरामद गरिएको छ ।

यस्तै ज्योति बैंक, एभरेष्ट बैंक, माछापुच्छ बैंक, मुक्तिनाथ बैंक, एनआइसी एशिया बैंकका दर्जनौँ चेकबुक पनि फेला परेको छ । उनीहरुका साथबाट ८२५ जनाको फोटो, एनआइसी एशिया बैंकको ८२ वटा र अन्य बैंकको सात गरी ८९ वटा एक्टिभ भएको एटिएम कार्ड फेला परेको छ । रकम उल्लेख गरेर साट्न ठिक्क पारिएको अवस्थाको ३२९ वटा चेक पनि बरामद गरिएको प्रहरीले जनाएको छ । परिसरका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटी उनीहरुले खातावालाको सबै विवरण पहिचान गरेर नक्कली हस्ताक्षर दुरुस्त पारी रकम निकाल्ने गरेको पाइएको बताउनुभयो ।“सामान्य दुई/तीन लाख पैसा निकाल्दा नै बैंकले खातावालालाई फोन गर्छ, तर यहाँ झण्डै १० लाख निकाल्दा पनि खातावालाई जानकारी नहुनुले कर्मचारीको मिलेमतोको आशंकामा अनुसन्धान जारी छ”, बोगटीले भन्नुभयो । उहाँका अनुसार दिनभरि गतिविधि गर्ने र रातिमा उनीहरुले नक्कली हस्ताक्षर बनाउन सिक्ने गरेका थिए ।

हस्ताक्षर बनाउन प्रयोग भएका दर्जनौँ हाजिरीखातासमेत बरामद भएको छ । उहाँले केही कागजातको अनुसन्धान भइरहेको र अझै दुई बोरा कागज हेर्न बाँकी नै रहेको बताउनुभयो । अहिले एक व्यक्तिको मात्रै पैसा लगेको पाइएकाले उनीहरुले अन्य धेरै व्यक्तिको रकम लगेको हुनसक्ने आशङ्का प्रहरीको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group