काठमाडौं, ११ मंसिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आसन्न उपनिर्वाचनको पवित्रता उल्लङ्घन गर्न नहुने बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीद्वारा आज आयोजित पत्रकार भेटघाटमा उहाँले अहिलेको चुनाव जनताद्वारा वर्तमान सरकारको मध्यावधि मूल्याङ्कन गर्ने चुनाव भएका कारण यसको पवित्रता उल्लङ्घन गर्न नहुने बताउनुभयो ।
कास्की क्षेत्र नं २ मा पार्टीले त्यागी, इमान्दार नेता खेमराज पौडेललाई अघि सारेकाले अब जनताले न्याय गर्नुपर्ने धारणा राख्नुभयो ।कालापानीमा सीमा मिचिएको विषयमा कहिल्यै कसैले पनि संसद्मा प्रस्ताव नलगेको र त्यसलाई आफूले नरोकेको जिकिर गर्दै उहाँले झुटो प्रचार गरेर भ्रम सिर्जना नगर्न आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्