ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नरैनापुरमा ‘झोले चिकित्सक’ले स्वास्थ्य सुविधा धान्दै आएपछि….


admin
१२ मंसिर २०७६, बिहिबार   २ : ४८   बजे

 

नरैनापुर, १२ मंसिर । स्वास्थ्यचौकीमा चिकित्सक नहुनु र भए पनि उपचारका लागि चाहिने प्रविधि र औषधि अभाव हुँदा गाउँमा ‘झोले चिकित्सक’को दबदबा कायम छ । पैतालीस हजार जनसङ्ख्या रहेको नरैनापुर गाउँपालिकामा छ स्वास्थ्यचौकी छन्, तर औषधिको अभाव भने सधैँ भइरहन्छ । नरैनापुरका गाउँहरुमा ‘झोले चिकित्सक’ले स्वास्थ्य सुविधा धानिरहेका छन् । ‘झोले चिकित्सक’कै उपचारका कारण वर्षेनी ज्यान गुमाउनेको सङ्ख्या धेरै छ । गाउँमा कोही बिरामी हुँदा ‘झोले चिकित्सक’ बोलाइन्छ, बिरामीको मृत्यु हुन्छ, परिवारमा केही दिन रुवावासी हुन्छ, घटनाको चर्चा विस्तारै सेलाउँदै जान्छ र ‘झोले चिकित्सक’ले उन्मुक्ति पाउँछ ।

नरैनापुरमा ३५ भन्दा बढी ‘झोले चिकित्सक’ रहेको अनुमान छ । यिनै ३५ ‘झोले चिकित्सक’ले धानेको स्वास्थ्य सुविधाकै कारण धेरैले ज्यान गुमाउँछन् । यसको मुख्य कारण स्वास्थ्यचौकीमा चिकित्सक नहुनु र भए पनि उपचारका लागि चाहिने प्रविधि र औषधिको अभाव हुनु भएको नरैनापुरवासीको भनाइ छ ।नरैनापुरमा छ वडा छन्, हरेक गाउँमा कम्तीमा दुईका दरले ‘झोले चिकित्सक’ छन् । मुस्किलले १० कक्षासम्म पढेका र भारतको बहराइचलगायत केही शहरका क्लिनिकमा एक/दुई वर्षमात्र प्रशिक्षण लिएर सीमावर्ती गाउँमा ठूलै डाक्टरको रुपमा आफ्नो क्लिनिक स्थापित गर्ने ३५ भन्दा बढी ‘झोले चिकित्सक’ले नरैनापुरको स्वास्थ्य सेवा धान्दै आएका छन् ।

‘झोले चिकित्सक’बारे जब कसैको मृत्यु हुन्छ, अनि मात्रै चर्चा हुन्छ । केही समय चर्चा हुन्छ, त्यसपछि सामान्य स्थिति कायम गर्दै ‘झोले चिकित्सक’ले पुनः आफ्नो पेशा शुरु गर्छन् । बाँकेको नरैनापुर गाउँपालिकामा मङ्सिर १६ गते ‘झोले चिकित्सक’को उपचारबाट दुई जनाको ज्यान गएपछि चिकित्सकले चर्चा पाए । भारत श्रावस्ती जिल्लाको मनकौरा गाउँका ‘झोले चिकित्सक’ राजेश सिंहले उपचार गर्दा नरैनापुर–५ मटेहियाका ३० वर्षीय गयाराज धोबी र राप्तीसोनारी गाउँपालिका–७ गेंदवाका २८ वर्षीय मालिकराम धोबीको ज्यान गयो । घरमा मुण्डनको कार्यक्रममा भोज खाएपछि गयाराज र मालिकरामलाई बान्ता भएपछि उनै ‘झोले चिकित्सक’ सिंहलाई बोलाइएको थियो ।बान्ता हुने क्रम बढेपछि परिवारका सदस्यले उनै ‘झोले चिकित्सक’ सिंहको उपचारपछि बिरामीलाई निको हुनुको साटो दुवैको मृत्यु भयो । इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज मानबहादुर बिसीले भन्नुभयो, “उपचारकै क्रममा गयाराजको मृत्यु भयो, मालिकरामलाई उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा ज्यान गयो ।”

दुई जनाको मृत्यु घटनामा संलग्नता रहेका ‘झोले चिकित्सक’ सिंहको खोजी भइरहेको इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज बिसीले बताउनुभयो । “हामीले नरैनापुर क्षेत्रमा रहेका अवैध औषधि पसल र ‘झोले चिकित्सक’हरुको पहिचान गरिरहेका छौँ । अवैध औषधि पसलमा शिल गरेर ‘झोले चिकित्सक’लाई कारवाहीको दायरामा ल्याउँछौँ”, उहाँले भन्नुभयो ।“करीब २५ वर्षदेखि गाउँमा अवैध उपचार गरेर बस्दै आएका उनै ‘झोले चिकित्सक’ राजेश सिंहको यो पहिलो घटना होइन”, स्थानीय मयाराम धोबीले भन्नुभयो, “धेरै मान्छेको मृत्यु भयो तर मृत्युको जाँच नभएका कारण कुरा खुलेन ।” तीन दिनअघि फेरि दुईको ज्यान गयो । मृत्युपछि दुवैको शव परीक्षणपछि अन्त्येष्टि गरिएको छ ।

घटनापछि स्थानीय स्वास्थ्य अवस्थाबारे प्रश्न खडा भइरहँदा स्वास्थ्यचौकी मटेहिया, गङ्गापुर, नरैनापुर, कालाफाँटा, लक्ष्मणपुर र कटकुइँयामा समयमा औषधि नपुग्ने गरेको गुनासो बाहिर आएको छ । स्वास्थ्यचौकी मटेहियाका इन्चार्ज प्रेम बुढाले समयमा औषधि नभएका कारण पटक–पटक बिरामी फर्काउनुको विकल्प नरहेको बताउनुभयो । “अर्डरअनुसार औषधि प्राप्त हुँदैन”, उहाँले भन्नुभयो, “अहिले सामान्य औषधि सिटामोलसमेत छैन ।” स्वास्थ्यचौकीबाट समयमा माग नआएका कारण औषधि अपुग हुनगएको नरैनापुर गाउँपालिकाका स्वास्थ्य संयोजक मोइन खाँले बताउनुभयो । “समयमै औषधि माग नगरेपछि अभाव हुनु स्वभाविक हो”, उहाँले भन्नुभयो, “खपत भएकैले औषधि सकिनु ठूलो कुरा होइन ।”स्वास्थ्य संयोजक खाँले गाउँपालिकाभित्र रहेका अवैध औषधि पसलहरुको तथ्याङ्क लिन शुरु गरेको बताउनुभयो । “हामीले अवैधरूपमा सञ्चालनमा रहेका औषधि पसल र ‘झोले चिकित्सक’हरुको खोजतलास शुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “हाम्रो गाउँपालिकामा अवैध मेडिकल माफियालाई कुनै स्थान छैन ।”

सोमबार दुई जनाको मृत्यु भएपछि मङ्गलबार घटनास्थल पुग्नुभएकी प्रदेशसभा सदस्य कृष्ण केसी ‘नमूना’ले पीडित परिवारसँग भेटघाट गर्दै नरैनापुर क्षेत्रमा रहेका अवैध औषधि पसलहरु बन्द गर्न निर्देशन दिएको बताउनुभयो । प्रदेशसभा सदस्य नमूनाले भन्नुभयो, “गाउँमा रहेका अवैध क्लिनिक शिल गर्न प्रहरीलाई निर्देशन दिएका छौँ, अब यस्ता घटना दोहोरिनुहुँदैन ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group