ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपनिर्वाचन २०७६ : निर्वाचन विरोधी गतिविधि गर्नेमाथि उच्च निगरानी


admin
१२ मंसिर २०७६, बिहिबार   ७ : ५७   बजे

 

काठमाडौं, १२ मंसिर । उपनिर्वाचन हुन दुई दिन मात्रै बाँकी हुँदा प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । बुधबार र बिहीबार प्रहरीले कोहलपुरबाट १० जनालाई नियन्त्रणमा लिएको छ ।

निर्वाचन विरोधी गतिविधि गरेको आशङ्कामा १० जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो । मङ्सिर १४ गते उपनिर्वाचनलाई बिथोल्न निर्वाचन विरोधी गतिविधि गरिरहेको अवस्थामा कोहलपुर नगरपालिका–६ बाट उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक शाहीले बताउनुभयो । उहाँका अनुसार पक्राउ पर्नेमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका नेता कार्यकर्ता रहेका छन् । प्रहरी नायब उपरीक्षक शाहीले निर्वाचन विरोधी कार्य गरेको आशङ्काका आधारमा उनीहरुलाई पक्राउ गरिएको बताउनुभयो ।

“कोहलपुर–६ मा उपनिर्वाचन बहिष्कारको पर्चा टाँसिरहेको अवस्थामा पक्राउ गरेका हौँ । चुनाव बहिष्कार गर्ने भन्दै कार्यकर्ता खटाइएको रहेछ । हामीले पर्चा पम्पलेट पनि बरामद गरेका छौँ”, उहाँले भन्नुभयो, “निर्वाचन विरोधी गतिविधि नगर्न सचेत गराउँदै उनीहरुलाई निगरानीमा छाडेका छौँ । निर्वाचन विरोधी गतिविधि गर्ने अन्य समूह तथा व्यक्ति पनि हाम्रो उच्च निगरानीमा छन् । सुरक्षा व्यवस्था कडा पारेका छौँ ।”

पक्राउ पर्नेमा वैद्य माओवादीका पोलिटब्यूरो सदस्य कोहलपुर–६ का भूपेन्द्र न्यौपाने शर्मा, केन्द्रीय सदस्य कोहलपुर–४ का तेजविक्रम शाही, बाँके जिल्ला सचिव कोहलपुर–३ का प्रेम थापा, जिल्ला सदस्य नेपालगञ्ज–१० का सुरेश वली, विद्यार्थी नेता हृदयेश शाह, साधारण सदस्य खजुरा गाउँपालिका–२ का पुम पोखरेल, वडा नं ६ का तारा विक, बर्दिया बाँसगढी नगरपालिका–९ का धीरेन्द्र सिंह, ठाकुरबाबा नगरपालिका–२ का पविराम आचार्य र कोहलपुर नगरपालिका–३ का विपिन रोकाय रहेका छन् ।

कोहलपुरका प्रहरी नायब उपरीक्षक शाहीका अनुसार उपनिर्वाचनको मौन अवधि शुरु भएसँगै सुरक्षा व्यवस्था झनै कडा पारेको छ । अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सुरक्षामा खटिएका छन् । उपनिर्वाचनलाई लक्षित गरेर राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी तथा सादा पोसाकमा समेत सुरक्षाकर्मी खटाइएको प्रहरी नायब उपरीक्षक शाहीले बताउनुभयो । उपनिर्वाचनलाई लक्षित गरेर थप सुरक्षाकर्मी परिचालन गरेर पैदल तथा गाडीमा २४ सै घण्टा गस्ती गर्ने व्यवस्था मिलाइएको उहाँको भनाइ थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group