ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज विवाहपञ्चमी धनुषयज्ञ सम्पन्न (फोटो फिचर)


एबीसी न्यूज
१३ मंसिर २०७६, शुक्रबार   १२ : ३४   बजे

जनकपुरधाम, १३ मंसिर । साताहव्यापी रामजानकी विवाहपञ्चमी महोत्सव अन्तर्गत आज आईतवार धनुषयज्ञ सम्पन्न भएको छ । रामजानकी विवाह महोत्सव अन्तर्गत तेश्रो दिन जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको बाह्रविघा रङ्गभुमि मैदानमा विधिविधानपूर्वक धनुष यज्ञ सम्पन्न भएको छ ।

राजा जनकले बरदानमा पाएको धनुषलाई कसैले उठाउन नसक्ने भएपनि सीताले शिवजीद्वारा बरदानमा प्राप्त धनुष उठाएर स्याहार–सुसार गरेको देखेर अचम्म मानी गरेको प्रण अनुरुप त्रेताकालमा आयोजना गरीएको धनुषयज्ञको स्मरणमा विवाहपञ्चमीको तेश्रो दिन धनुषयज्ञको आयोजन गर्ने गरिन्छ । मिथिलाका राजा जनकले शिवजीको धनुषमा प्रत्यञ्चा चढाउन सक्ने पुरुषसंग मात्रै छोरीको बिहे गरिदिने प्रणको सम्झनामा धनुषयज्ञको समारोह आयोजन गरिने जानकी मन्दिरका सह–महन्त रामरोशन दास वैष्णवले जानकारी दिए ।

सोही धनुषायज्ञमा आकाश तथा पतालका सम्पुर्ण देवी देवता तथा  दैत्य दानवले उठाउन नसकेको धनुषालाई भगवान रामले धनुषमा प्रत्यञ्चा चढाएर खण्डित गरेपछि सीतासंग बिहे भएको पौराणिक मान्यता रही आएको छ ।यस अघि शनिवार साँझ विवाहपञ्चमीको दोश्रो दिन फुलबारी लीला सम्पन्न भएको थियो । माता सीताको भगवान रामसंगको पहिलो भेट फूल टिप्न गएकै बेला भएको स्मरणमा फूलबारी लीला मनाइने गरिन्छ । महोत्सव अन्तर्गत पहिलो दिन शनिबार नगर दर्शन कार्यक्रम गरिएको थियो । यसैगरी चौथो दिन अर्थात भोली सोमवार रामन्दिरमा तिलकोत्सव विधि हुने र उक्त अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारीको समेत सहभागिता रहने सह–महन्थ वैष्णवले जानकारी दिए।

महोत्सव अन्तर्गत पहिलो दिन जनकपुर नगर दर्शन, दोश्रो दिन फूलबारी लीला, तेश्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौँ दिन मटकोर, छैटौँ दिन शुभविवाह र सातौँ दिन राम कलेवा आयोजना गरिन्छ । महोत्सवको अवसरमा जानकी मन्दिरमा धार्मिक कथा वाचन तथा राम लीला र झाँकी पनि प्रदर्शन गर्ने गरिन्छ ।

धनुष यज्ञमा नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधि, भारतीय राजदूत मञ्जिव सिंह पुरी लगायत हजारौ भक्तजन एवंम नगरबासिको , को समेत सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group