काठमाडौं, १३ मंसिर । दैलेखको गुराँस गाउँपालिका–४ घोडाबास नजिकै हाइस दुर्घटना हुँदा ३ जनाको ज्यान मृत्यु भएको छ भने १५ जना घाईते भएका छन् । सुर्खेतबाट दैलेख जाँदै गरेको भे १ ज १०२९ नम्बरको हाइस गुराँस गाउँपालिका–४ मा दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । घाइतेको उद्वार भइरहेको दैलेख प्रहरी प्रमुख डीएसपी हरिबहादुर ओलीले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार मृत्यु हुनेको पहिचान खुलेका छैन् भने १५ जना घाइते भएका छन् । घाइते हुनेमा वीरेन्द्रनगर–८ खजुरा बस्ने मंगली गुरुङ, सोही ठाउँका मुकेश गुरुङ, दुल्लु नगरपालिका( १० का लक्ष्मी योगी, अविशेषक योगी, वीरेन्द्रनगर(३ तातापानी बस्ने मोहन परियार, झुमा परियार, चन्द्र परियार, भिम परियार, वीरेन्द्रनगर(११ सुब्बाकुनाका देवीप्रसाद भट्टरार्इ र धुलियाविटका चन्द्रकली सिङ्गौली, दैलेख प्रहरी प्रमुख डीएसपी हरिबहादुर ओलीले जानकारी दिए ।
यस्तै बाँके नौबस्ताका कर्णबहादुर बोगटी, लक्षमी बोगटी, चामुण्डाविन्द्रासैनी नगरपालिका(४ का लक्ष्मी रावत र नारयण नगरपालिका(४ का दिलबहादुर कटुवाल रहेको ओलीको भनाइ छ ।
प्रहरी चौकी रानिमत्तका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यको टोली घटनास्थलतर्फ पुगेर घाइतेको उद्वार गरेर सुर्खेत पठाइएको थियो । गाडी सडकबाट झण्डै एकसय ५० मिटर तल खसेको प्रहरीको भनाइ छ । दुर्घटना लगत्तै चालक फरार छन् ।
प्रतिक्रिया दिनुहोस्