ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार सञ्चार क्षेत्रमा ‘मेजर अप्रेशन’ गर्न चाहन्छ– मन्त्री बाँस्कोटा


admin
१३ मंसिर २०७६, शुक्रबार   २ : ४०   बजे

काठमाडौं, १३ मंसिर । सञ्चार क्षेत्रका विज्ञहरुले प्रेस काउन्सिल नेपालले पछिल्लो पटक सार्वजनिक गरेको पत्रपत्रिका वर्गीकरण निष्पक्ष नभएको भन्दै पुनः वर्गीकरण गर्नुपर्ने माग गरेका छन् ।

नेपाल पत्रकार महासङ्घ, काठमाडौँ, ललितपुर र भक्तपुर शाखाको प्रतिनिधि टोलीले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई भेटेर आर्थिक वर्ष २०७४/७५ को पत्रपत्रिकाको नतिजा मनोमानी, पूर्वाग्रही, विभेदपूर्ण र अवैज्ञानिक ढङ्गबाट गरिएको भन्दै पुनः वर्गीकरण गर्न माग गरेको हो । ती शाखाले पत्रकार आचारसंहिता जागरणका नाममा प्रेस काउन्सिलभित्र गरिने खर्च र त्यसले प्राप्त गरेको उपलब्धि तथा प्रतिफलको वैज्ञानिक अनुसन्धान गरी त्यसको बिल तथा सम्पूर्ण विवरण सार्वजनिक गर्नुपर्नेमा समेत जोड दिएका छन् । सरकारले हाल पत्रकारका लागि लागू गरेको दुर्घटना बीमालाई जीवन बीमामा परिणत गर्न मन्त्री समक्ष प्रस्तुत गरिएको ज्ञापनपत्रमा उल्लेख छ ।

सोही अवसरमा मन्त्री बाँस्कोटाले पत्रपत्रिका वर्गीकरणमा निष्पक्ष नभएकाबारे सम्बन्धित निकायसँग जवाफ मागेर संवादका माध्यमबाट समाधान खोज्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “अधिकार धेरै पाउनुको अर्थ सबैप्रति जिम्मेवार र उत्तरदायी पनि हुनु हो, अधिकार मात्र प्राप्त गरिरहने कुराले शक्तिको भोग जगाउँछ, लोकतन्त्रमा शक्तिको भोगले मानिसलाई भ्रष्टिकरणतर्फ लैजान्छ, त्यो भ्रष्टिकरणको सम्भावना लोकतन्त्रले दिन सक्दैन, त्यसैले कुनैपनि संस्थामा व्यक्ति ठूलो कुरा होइन, संस्था सही हुनुपर्छ ।”

उहाँले मिडिया काउन्सिल विधेयक संसद्मा पेश गरी छलफल भइरहेका सन्दर्भमा सकारले त्यसको स्वयत्ततामाथि प्रश्न उठाउन नमिले पनि त्यसलाई अझ बढी जिम्मेवार र उत्तरदायी बनाउनुपर्नेमा जोड दिनुभयो । “विवादित हुनेगरी संस्थाको संरचना निर्माण नगरौँ, प्रेस काउन्सिलको अध्यक्ष पत्रकार नै हुनुपर्छ भन्ने कुनै मान्यता हुदैन, त्यो क्षेत्र बुझेको हुनुपर्छ, र त्यसका नियम कानून कार्यान्वय गर्नसक्ने क्षमता भएको हुनुपर्छ, यदि कोही त्यहाँ संलग्न हुन्छ भने मिडियाबाट अलग हुनुपर्छ, कागजी रुपमा होइन, व्यवहारिक रुपमा अलग हुनुपर्छ त्यसपछि निष्पक्षताको पहिलो पाइलो त्यो हुनसक्छ”, उहाँले भन्नुभयो ।

पत्रकारिताले नयाँ उचाइ हासिल गरेका सन्दर्भमा त्यसको विश्वसनीयताको आधार लेखकीय र प्रकाशन स्वतन्त्रता मात्र हुन नसक्ने भन्दै मन्त्री बाँस्कोटाले आर्थिक रुपमा सवल भएको खण्डमा मात्र मिडिया स्वतन्त्र हुने विचार व्यक्त गर्नुभयो । मिडियालाई स्वतन्त्रतासँगै आर्थिक रुपमा सबल बनाउनका लागि सरकारले समानुपातिक विज्ञापन प्रणालीसम्बन्धमा संरचना निर्माण गर्ने तयारी गरेको उहाँको भनाइ छ । सञ्चार क्षेत्रको संरचनागत सुधारको अभियानलाई पूर्णता दिन सरकारले चालु आर्थिक वर्षमा १५ प्रतिशत छापा माध्यम र विद्युतीय सञ्चार माध्यममा ५० प्रतिशत लोककल्याणकारी सहुलियत थप गरेको जानकारी गराउनुभयो । सरकारले जहिले पनि मिडियासँग मैत्रीपूर्ण सम्बन्ध राख्न खोजेको उल्लेख गर्दै उहाँले नेपालको संविधानले पूर्णप्रेस स्वतन्त्रताको अधिकार दिएका सन्दर्भमा केही व्यक्तिले मूल मुद्दालाई ओझेलमा पारेर सरकारमाथि प्रेस स्वतन्त्रता हननको आरोप लगाएको भन्दै आपत्ति जनाउनुभयो ।

समग्र मिडिया बेथिति अन्त्य गर्ने उद्देश्यले मिडिया क्षेत्रबाट आएका जायज मागलाई सम्बोधन गर्दै सरकार जतिसक्दो चाँडो मिडिया ऐन ल्याउने पक्षमा रहेको मन्त्री बाँस्कोटाले बताउनुभयो । “मिडिया क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले पनि सरकारले क्लिनफिड र समावेशी विज्ञापन नीति ल्याएको हो, तपाईहरुले नै उठाएका विषयलाई गम्भीरतापूर्वक सम्बोधन गर्दै सरकार सञ्चार क्षेत्रमा मेजर अप्रेशन गर्न चाहन्छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group