ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उम्मेदवारलाई योजनाको चाङ भिराउँदै मतदाता


admin
२६ कार्तिक २०७४, आइतबार   १ : ०५   बजे

फलेवास, पर्वत, २५ कात्तिक । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि विभिन्न दलका उम्मेदवार यतिबेला प्रचारप्रसारमा सक्रिय छन् ।

सदरमुकाममा भन्दा गाउँमा चुनावी चहलपहल बढेको छ । दैनिकजसो हुने कोणसभा, घरदैलो, आमसभाजस्ता गतिविधिले गाउँमा चुनावी चहलपहल ह्वात्तै बढेको हो ।

जिल्लाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार दुईजना र प्रदेशसभा सदस्यका उम्मेदवार चारजनाले फरकफरक ठाउँमा गर्दै आएको कार्यक्रमले ग्रामीण क्षेत्रमा चुनावी रौनकता बढाएको छ ।

वाम गठबन्धनबाट पदम गिरी र लोकतान्त्रिक गठबन्धनबाट अर्जुनप्रसाद जोशी प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुनुहुन्छ । प्रदेशसभा ‘क’ मा वाम गठबन्धनबाट नेत्र अधिकारी र लोकतान्त्रिक गठबन्धनबाट नवराज गुरुङ तथा प्रदेशसभा ‘ख’ बाट वाम गठबन्धनबाट विकास लम्साल र लोकतान्त्रिक गठबन्धनबाट राजेन्द्र तिवारी उम्मेदवार हुनुहुन्छ । उहाँहरुले तालिकाअनुसार फरकफरक ठाउँमा दैनिक चुनावी गतिविधि सञ्चालन गरिरहनुभएको छ ।

मतदाता एकैछिन् घरको काम थाती राखेर उम्मेदवारका चुनावी एजेण्डा र उनीहरुका प्रतिबद्धता सुन्नका लागि सभामा आउने गरेका छन् । उम्मेदवार गाउँ पुग्दा मतदाताले आफ्ना समस्याको चाङ भिराउने गरेका छन् । उनीहरुले सडक, बिजुली, खानेपानी, सिँचाइ, स्वास्थ्य, शिक्षा, रोजगारी र कृषि क्षेत्रका समस्या समाधानका लागि विभिन्न योजना माग गर्ने गरेका छन् ।

“मतदाताले ठूला खालका योजना माग गरेका छन्,” वाम गठबन्धनका उम्मेदवार गिरीले भन्नुभयो । चुनावमा विजय प्राप्त गरे वा नगरे पनि स्थानीयवासीका समस्या समाधान गर्न पहल गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जिल्लामा यही कात्तिक २२ गतेदेखि राजनीतिक दलले चुनावी प्रचारप्रसार अभियान थालेका हुन् । जिल्लाका सात स्थानीय तहका ६१ वटै वडामा कार्यक्रम तय गरेर उम्मेदवारहरु अभियानमा जुटेका छन् ।

काँग्रेस र एमालेले आठ÷आठ वडामा आफ्नो कार्यक्रम सम्पन्न गरिसकेका छन् । उम्मेदवारले एक दिन एउटा वडामा कार्यक्रम र अर्को दिन घरदैलो कार्यक्रमको तालिका बनाएका छन् ।

मतदाताले आ–आफ्नो गाउँसम्म पुग्ने सडक कालोपत्र तथा बाह्रैमास सवारीसाधन चल्ने बनाउन उम्मेदवारसँग माग गरेका छन् । गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, सिँचाइलाई प्राथमिकतामा राखेर योजना बनाएको काँग्रेसकोतर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार जोशी बताउनुहुन्छ ।

गाउँ अभियानमा जुटेका उम्मेदवारले मतदाताका योजना सुन्दै आफ्ना आश्वासन बाँडिरहेका छन् । आश्वासनलाई चुनाव जितेपछि कार्यान्वयनमा ल्याउनसकेमा मात्र मतदाताले परिवर्तनको अनुभूति गर्नसक्ने भोक्सिङका मतदाता दीपक गुरुङले बताउनुभयो । अन्यथा जति सरकार र राजनीतिक नेतृत्व फेरिए पनि मतदाताका समस्या ज्यूँ का त्यूँ रहने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group