ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साग समापन : प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्सबाट सम्बोधन गर्ने, १४ औं सागका लागि पाकिस्तानलाई झन्डा हस्तान्तरण गरिने


एबीसी न्यूज
२३ मंसिर २०७६, सोमबार   ८ : ३०   बजे


काठमाडौं, २३ मंसिर । दक्षिण एसियाली खेलकुदको भोलि समापन हुँदैछ। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले भव्यताका समापन कार्यक्रम आयोजना हुने बताउनुभएको छ ।
समापन कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फ्रेन्समार्फत् सम्बोधन गर्ने तयारी गरिएको छ। डेढ घण्टासम्म चल्ने समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सन्देशबाट सम्बोधन गर्नुहुने छ भने त्यसको दोश्रो दिन बुधबार प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्नु हुँदै खेलाडीहरुका लागि प्रोत्साहन प्याकेज घोषणा गर्नुहुने छ ।

भोलि १२ बजे सांसद ११ र कर्मचारी ११ या प्रहरी ११ बीच फुटबल खेल हुने तयारीसमेत रहेको राखेप सदस्यसचिव सिलवालले जानकारी दिनुभयो । उहाका अनुसार त्यसपछि फुटबलको फाइनल खेल हुनेछ।

दशरथ रंगशालको १२ हजार क्षमता भए पनि ८ हजार मात्र टिकट बिक्री गरेको आयोजकले जनाएको छ । त्रिपुरेश्वरतर्फ एकपट्टि भुटान जोन छुट्याएको र नेपाली त्यहाँ जाने नमिल्ने समापन समारोहको योजनाबारे सुनाउँदै सदस्य सचिव सिलवालले भने। समापन समारोहमा कर्मचारीलाई पनि कार्डबिना प्रवेश नदिइने समेत सिलवालले बताउनुभयो ।

भोलि उत्तरपट्टिको सबै गेट बन्द रहनेछन्। पासको हकमा अत्यावश्यक बाहेक अरुलाई पास उपलब्ध नगरेको सिलवालले बताए। पूर्व फूटबल खेलाडी, मेडल जितेका खेलाडी लगायतलाई भने प्रवेशमा समस्या आयोजकले दावी गरेको छ । समापन समारोहका प्रमुख अतिथि उप प्रधान मन्त्री इश्वर पोखरेल हुनुहुने छ भने पोखरेलले खेललाई मात्र लिएर विशेष सम्वोधन गर्ने सिलवालले बताउनुभयो ।

‘स्पेसल प्याकेज। आउँछ,’ सिलवालले मुस्कुराउँदै भन्नुभयो । प्रधानमन्त्रिले आफ्नो सम्बोधनमा पदक बिजेता खेलाडीहरुलाई प्रोत्साहन प्याकेजको घोषणा समेत गर्नुहुने सदस्य सचिव शिलवालले जानकारी दिनुभयो। भोलिको लागि आर्मीको गेटबाट प्रवेश गर्नुपर्ने छ। भिआइपि पट्टि अलि स्ट्रिक हुने उहाँ भन्नुभयो ।

त्यस्तै, टिकेट पाउन नसकेकाहरुलाई ठूला स्क्रिन ठाउँठाउँमा व्यवस्था गरेको आयोजकले बताएको छ ।   समापन समारोह डेढ घन्टाभित्र सकिने सिलवालले जानकारी दिनुभयो। टिकट नपाएकाहरुलाई एलइडी र टीभिमा खेल हेरेर समर्थन गर्न समेत उहाँले आग्रह गर्नुभयो । औपचारिक कार्यक्रममा ४ वटा मन्तव्य पछि १४ औं सागका लागि पाकिस्तान हस्तान्तरण गरिनेछ। पाकिस्तानले चाहे आधा घन्टा कार्यक्रम हुने र नचाहे सांस्कृतिक कार्यक्रम शुरु हुनेछ। पाकिस्तानको ओलम्पिक कमिटी अध्यक्ष, शिक्षा सचिव लगायतका पदाधीकारी समापन समारोह र झन्डा हस्तान्तरणका लागि नेपाल आइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group