ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘प्रदेशसभा समान पदमा नै विभेद हुन्छ’


admin
२४ मंसिर २०७६, मंगलबार   १ : ५७   बजे

काठमाडौं, २४ मंसिर । गण्डकी प्रदेशका प्रदेशसभा सदस्य महिलाले समान पदमा पनि विभेदको सामना गर्नुपरेको अनुभव सुनाएका छन् । मिडिया हाउस र युएनडिपीको सहयोगमा पोखरामा भएको लैङ्गिक सवालमा संसदीय निगरानी कार्यक्रममा प्रदेशसभा सदस्यले मिश्रित र प्रत्यक्ष प्रणालीबाट निर्वाचित प्रदेशसभा सदस्यलाई विभेदको दृष्टिकोणले हेरिने गरेको अनुभव सुनाएका हुन् ।

प्रदेशसभा सदस्य धनमाया लामाले भन्नुभयो, “हामी एउटै रङको कोट लगाउँछौँ, एउटै लोगो छ तर पनि प्रत्यक्ष र समानुपातिक भन्दै विभेद गरिन्छ, यसले हाम्रो आत्मसम्मान चोट पुगेको छ, प्रत्यक्षमा अधिकांश पुरुष निर्वाचित हुनुहुन्छ, स्वभाविक पनि हो प्रत्यक्षमा पुरुषले नै टिकट पाउनुभएको छ । राजनीतिमा निरन्तर योगदानसहित समानुपातिकबाट सभा सदस्य बने पनि दयामायाबाट मात्रै अवसर पाएजस्तो व्यवहार गरिन्छ ।”

प्रदेशसभा सदस्य एवं नेकपाकी सचेतक गायत्री गुरुङले महिलाले गरेको राजनीतिक योगदानको अझै पनि कदर हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “महिलाका मुद्दा महिलाले मात्रै उठाउनुपर्छ भन्ने मानसिकताबाट नै सामाजिक न्याय स्थापित हुनसकेको छैन ।” मुख्य र निर्णायक तहमा पुरुषमात्रै रहने परिपाटीले समतामूलक समाजको निर्माण हुन अझै समय लाग्ने उहाँको निष्कर्ष छ ।अर्का प्रदेशसभा सदस्य पुष्पा केसी भण्डारीले राजनीतिक आन्दोलबाट सामाजिक परिवर्तनका अभियन्ता बनेर हिँड्दासमेत विभिन्न खाले हिंसा सहनुपरेको अनुभव सुनाउनुभयो । पुरुषबाट द्विअर्थी लगाउने शब्दले आफूहरुलाई कतिपय अवस्थामा निकै लज्जित गराउने गरेको उहाँको अनुभव थियो । त्यसैगरी अर्का सदस्य प्रभा कोइरालाले अब महिलाका सवालमा सबै पार्टीका महिला एकजुट भएर साझा मुद्दामा लड्न सकेमात्रै समानता र समतामूलक समाजको निर्माण हुनसक्ने धारणा राख्नुभयो ।

प्रदेशसभा उपसभामुख सिर्जना शर्माले निर्णायक तहमा महिलाको सहभागिता नभएसम्म महिलाको आवाजले स्थान पाउन नसक्ने गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “प्रमुख र कार्यकारी पदमा पुरुषले नै नेतृत्व लिनुभएको छ, हाम्रो भूमिका गौण नै देखिन्छ ।” अबको आन्दोलन निर्णायक तहमा महिलाको सहभागिताका लागि हुनुपर्ने उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group