ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल साग च्याम्पियन बन्दै १३ औँ साग सम्पन्न


एबीसी न्यूज
२४ मंसिर २०७६, मंगलबार   ६ : ३०   बजे

काठमाडौं, २४ मंसिर । १३ औँ दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिता सफलता पुर्वक सम्पन्न भएको छ । साग भव्यतापूर्वक सम्पन्न भएको खुसीयालीमा प्रधानमन्त्री केपी शर्मा ओलीले सवैलाईै धन्यवाद दिनुभएको छ ।

नेपाल १३ औं साग अन्तर्गत पुरुष फुटबलको स्वर्णपदक जित्न सफल भएको छ। डिफेन्डिङ च्याम्पिनय नेपालले दशरथ रंगशालामा मंगलबार सम्पन्न खेलमा भुटानलाई २–१ ले पराजित गर्दै स्वर्ण रक्षा गरेको हो। यसअघि २०१६ मा भएको अघिल्लो सागको संस्करणको उपाधि समेत नेपालले भारतलाई पराजित गर्दै जितेको थियो।

खेलको १६ औं मिनेटमा नै नेपालले सुरुवाती गोलको अग्रता लिएको थियो। अभिषेक रिजालले नेपालका लागि सुरुवाती गोल गरेका थिए।

भुटानका चेन्चो ग्याल्त्सेनले खेलको ३७ औं मिनेटमा नेपालविरुद्ध बराबरी गोल फर्काएपछि खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो।

आक्रमक शैली अपनाएको नेपालले खेलको ५३ औं मिनेटमा दोस्रो गोल गर्न सफल बन्यो। सुनिल बलले नेपालका लागि दोस्रो गोल गरेपछि नेपाल खेलमा २–१ को अग्रता लिन सफल भएको थियो।

त्यसपछि दुवै तर्फबाट कुनै गोल हुन नसकेपछि नेपालले खेल २–१ ले जितेको हो।

नेपालले लिग चरणमै फाइनलमा पुगेको भुटानलाई पराजित गरेको थियो। त्यसबेला भुटान नेपालसँग ४–० को गोल अन्तरमा पराजित भएको थियो।

नेपाल साग फुटबलमा छैठौं पटक फाइनलमा पुग्न सफल हुँदा चारपटक स्वर्ण जित्न सफल भएको हो।

यससँगै नेपालले १३ औं सागमा ५१ स्वर्णपदक हातपार्न सफल भएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group