ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले परिवर्तनको अनुभूति दिनुपर्छ– वरिष्ठ नेता नेपाल


admin
२७ मंसिर २०७६, शुक्रबार   १ : २४   बजे

काठमाडौं, २७ मंसिर । नेपाल कम्युनिस्ट पार्टी नेकपा का वरिष्ठ नेता माधवकुमार नेपालले सरकार सञ्चालनसम्बन्धी विगतका अनुभवलाई ध्यानमा राख्दै परिवर्तनको अनुभूति गराउने गरी काम गर्न सक्दा पार्टी जनताका बीचमा लोकप्रिय भइरहने बताउनुभएको छ ।

नेकपाका संस्थापक महासचिव पुष्पलालको नाममा स्थापित पुष्पलाल स्मृति प्रतिष्ठानको २५औँ साधारणसभाको उद्घाटन कार्यक्रममा आज कीर्तिपुरमा प्रतिष्ठानका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपालले पुष्पलालले स्थापना गरेको नेपाल कम्युनिस्ट पार्टी अनेक उकाली–ओराली छिचोल्दै पुनःएकीकृत भएकाले यसको महत्व तथा जिम्मेवारी थप बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “पुष्पलालले पाँच जनाबाट शुरु गर्नुभएको कम्युनिस्ट पार्टी आज लोकप्रिय र विश्वासिलो शक्तिका रूपमा विकास भएको छ । जनताको बढ्दो अपेक्षा र भरोसालाई पूरा गर्न सबै तहका सरकारले पार्टीको घोषणापत्रअनुसार काम गर्नुपर्छ । जनताका आकाङ्क्षा र परिवर्तनको सपनालाई सार्थक पार्नु नै हाम्रो यतिबेलाको प्रमुख कार्यभार हो । यो कार्यभार राम्ररी पूरा गर्न सक्दा मात्रै संस्थापक महासचिव पुष्पलालप्रति सच्चा श्रद्धाञ्जलि ठहर्छ ।”

साधारणसभामा प्रतिष्ठानका महासचिव गङ्गालाल तुलाधरले हालसम्म भएका कामको विवरण पेस गर्नुका साथै आगामी वर्षका लागि कार्यक्रम प्रस्ताव गर्नुभएको थियो । प्रतिष्ठानले आगामी वर्ष संस्थापक महासचिव पुष्पलालको आधिकारिक जीवन प्रकाशन गर्ने, पार्टी स्थापनादेखि सबै महाधिवेशनलाई समेटेर ऐतिहासिक तस्वीर सङ्ग्रह प्रकाशन गर्ने, निर्माणाधीन पुस्तकालय भवनलाई पूर्णता दिने, रामेछापको भँगेरीमा पुष्पलालको पूर्णकदको शालिक स्थापना गर्ने, कम्युनिस्ट आन्दोलनका दस्तावेजको छैटौँ सङ्ग्रह प्रकाशन गर्ने, मुखपत्रका रूपमा नयाँ जनवाद प्रकाशन गर्ने जस्ता कार्यक्रम तय गरेको प्रतिष्ठानका सचिव विष्णु रिजालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group