ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरीकै मिलेमतोमा विषादी परीक्षणबिनै भित्रिन्छ भारतीय तरकारी र फलफूल


एबीसी न्यूज
२७ मंसिर २०७६, शुक्रबार   ३ : २४   बजे

सिरहा,२७ मंसिर । ब्रहरी नाकामा खटिएका प्रहरीकै मिलेमतोमा विषादी परीक्षणबिनै भारतबाट तरकारी नेपाल भित्र्याइँदैछ। पिपराहीमा भण्डारण गर्ने र त्यहाँबाट भारतीय नम्बर मोटरसाइकलमा लोड गरी ईलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारी अगाडिबाटै प्रहरीको चेक पोस्ट हुँदै लहान , गोलबजार बजारसम्म ल्याउँछन्।

प्रहरी चेक पोस्ट लक्ष्मीपुर पतारी अगाडिबाट लाइन लगाएर मोटरसाइकलमा प्रहरीको चेकपोस्टसम्म आइपुग्दा प्रहरीले त्यसलाई रोक्नुका साटे उल्टै कति वटा गयो भनेर गन्दै बस्छन्। त्यसपछि कारोबारीले ड्युटीमा खटिएका प्रहरीलाई रकम बाँडछन्। एउटा मोटरसाइकलले कम्तीमा पाँच सयदेखि एक हजार र साइकलले एक सयदेखि दुई सय पचाससम्म रकम बाडने गरेको व्यापारी स्रोतको दाबी छ।

‘भन्सारले विषादी परीक्षणका लागि पत्र लेखिदिए पछि कारोबारी सर्लाहीको मकवानपुर गएर परीक्षण गरेर ल्याउनु पथ्यौं। अनि मात्र भन्सार काटिन्थ्यो’, व्यापारी स्रोतले भन्यो, ‘अहिले त्यसो गर्न छाडिएको छ।

ठूला सवारीसाधनमा तरकारी आउँदैन सफारी,मोटरसाइकलमै ल्याउँछ। विषादी पनि चेकजाँच गर्नु परेर भन्सारलाई तिर्न राजश्व कारोबारीले प्रहरीलाई बाडदा झन्झट पनि भएन।’

तरकारीसँगै भारतबाट आयातित माछा पनि क्वारेन्टाइन चेकजाँच बिना नै भित्रिरहेको छ। नेपाली तथा भारतीय कारोबारीले माछालाई कार्टुनमा हालेर ल्याउनु पर्ने र क्वारेन्टाइन चेकजाँचपछि भन्सार काटेर लैजानुपर्ने हुन्छ। तर, झोलामा राखेर साइकल र सफारीमा भित्राउने माछाको क्वारेन्टाइन र भन्सार दुवै नगरी भित्र्याइरहेको छ। मोटरसाइकल्मा तरकारी प्रहरी चेक पोस्ट अगाडी बाटै लोडगरिएको तरकारी सोजै ब्रहरी हुँदै लक्ष्मीपुर पतारी हुँदै घनगढिबा सम्म पुर्‍याउने दृश्य देख्न सकिन्छ। यसरी भित्राइएको विषादी परीक्षण बिनै फलफूल तथा तरकारी नेपाली उपभोक्ताले खरिद गरी खान बाध्य छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group