ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘चिनूक’ हेलिकोप्टरमार्फत भारतले कालापानी क्षेत्रमा मेसिन र सामग्री ढुवानी गर्दै


एबीसी न्यूज
२७ मंसिर २०७६, शुक्रबार   ५ : १७   बजे

काठमाडौं, २७ मंसिर । भारतले कालापानी क्षेत्रमा अत्याधुनिक र ठूलो आकारको ‘चिनूक’ हेलिकोप्टरमार्फत मेसिन र सामग्री ढुवानी गरिरहेको छ । नेपालमा सीमा अतिक्रमणबारे चर्चा र आक्रोश बढिरहेका बेला भारतले भने अतिक्रमिण गरेको कालापानी क्षेत्रमा गतिविधि बढाएको छ ।

पिथौरागढ जिल्ला मुख्यालयमा रहेको नैनीसैनी हवाई मैदानदेखि अतिक्रमित नेपाली भूमि गुञ्जीसम्म चिनूक हेलिकोप्टरमार्फत ठूल्ठूला मेसिन र सामग्री ढुवानी भइरहेका छन् । अतिक्रमित नेपाली भूमिमा भारतीय सेनाले सडक निर्माण गरिरहेकोले ठूला मेसिन र निर्माण सामग्री हेलिकोप्टरमार्फत ढुवानी भइरहेका हुन् ।भारतीय वायुसेनाको चिनूक हेलिकोप्टर धेरै दिनदेखि पिथौरागढको नैनीसैनी हवाई मैदानमा राखिँदै आएको ‘हिन्दुस्तान’ दैनिकले लेखेको छ । वायुसेनाको ‘हेभी लिफ्टर’ भनिएको चिनूक हेलिकोप्टरको आकार झण्डै एआरटी ७२ विमान जत्तिकै छ ।
मंसिर पहिलो हप्ता पनि छतमा दुइटा पंखा भएको ठूलो हेलिकोप्टरले गुञ्जीसम्मको क्षेत्रमा चक्कर लगाएको व्यास गाउँपालिका ४ सुन्सेराको स्थानीय पत्रकार मान सिंह कुँवरले बताउनु भयो । ‘हेलिकोप्टरको छतमै दुइटा पंखा थिए, ठूलो आवाज आइरहेको थियो, हेलिकोप्टरको तलतिर गाडी जस्तै मेसिन झुण्डिएको थियो’, पत्रकार कुवरले भन्नुभयो । ३४ दिनसम्म दैनिक धेरैपटक उक्त हेलिकोप्टरले यस्ता मेसिन बोकेको उहाँको भनाइ छ ।
‘नोभेम्बर महिनाको पहिलो हप्तामा धारचुलासँगै जोडिएको मुनस्यारी तहसिल क्षेत्रमा पनि ‘चिनूक’ हेलिकोप्टरले उडान भरेको थियो । भारत–चीनको सीमा क्षेत्रमा सैनिक सामग्री ढुवानीमा हेलिकोप्टरको प्रयोग भएको सैनिक सूत्रलाई उद्धृत गर्दै ‘हिन्दुस्तान’ दैनिकले समाचार छापेको छ ।
पिथौरागढको हवाई मैदानदेखि धारचुला हुँदै गुञ्जीसम्मको क्षेत्रमा वायुसेनाका चिता र एमआई १७ हेलिकोप्टरले दिनहुँ चक्कर लगाउने गरेका छन् ।

केही महिनाअघि मात्रै सञ्चालनमा आएको पिथौरागढको नैनीसैनी हवाई मैदान नेपाल र चीन सीमा नजिकको सामरिक दृष्टिकोणले महत्वपूर्ण मानिँदै आएको छ । नैनीसैनी हवाई मैदानबाट देहरादून, पन्तनगर र दिल्ली नजिकको हिडनसम्मको हवाई सेवा सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group