काठमाडौं, २८ मंसिर । धनुषाको छिरेश्वर नगरपालिका–५, महेन्द्रनगर बजारमा बम विस्फोटमा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ ।
विस्फोटमा घाइते भएका ६ जनामध्ये प्रहरी निरीक्षक अमिर दाहालको शनिबार बिहान उपचारको क्रममा धरानमा ज्यान गएको प्रहरीले जनाएको छ । शुक्रबार मध्यरातमा भएको विस्फोटमा छिरेश्वर बजारका राजेश्वर साह र उहाँका छोरा आनन्द साहको ज्यान गएको थियो ।अन्य ५ जना घाइतेहरुको उचपार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्