ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यसरी भएको थियो धनु्षा बम विष्फोट ( भिडियोसहित)


एबीसी न्यूज
२८ मंसिर २०७६, शनिबार   १२ : ३६   बजे


काठमाडौं, २८ मंसिर । धनुषामा गएराति भएको शक्तिशाली बम विस्फोटमा परी एकै परिवारका बाबु–छोरासहित एक प्रहरी अधिकृतको मृत्यु भएको छ । सो घटनामा चार जना गम्भीर घाइते भएका छन् ।

जनकपुरदेखि १६ किमी उत्तर धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको मुख्य बजार केन्द्र वडा नं ५ महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति ४६ वर्षीय राजेश साहको घरको गेटमा राखिएको बम विस्फोट हुँदा राजेश र उनका २४ वर्षीय छोरा आनन्दको घटनास्थलमै मृत्यु भएको हो । सोही विस्फोटमा परी घाईते भएका इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिरकुमार दाहालको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

विस्फोटमा परी राजेशका कान्छा छोरा १४ वर्षीय प्रकाश, छोरी २२ वर्षीया निक्कीकुमारी र बुबा ७३ वर्षीय भिखारी साह घाइते भएका छन् । त्यस्तै प्रहरी जवान रिजनाथकुमार महतो घाइते भएका छन् । घाइतेलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको र त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि धरान लगिएको छ ।

शुक्रबारराति करिब १२ बजे राजेश साहको नवनिर्मित घरको बाहिरको फलामको गेटमा बम झुन्ड्याइएको थियो। राजेशकी श्रीमती शौचका लागि उठेको बेला ढोकामा केहि झुन्डिएको देखेर श्रीमानलाई उठाइन्। उनकाअनुसार राजेशले बम झुन्डिएको ढोका खोलेर नयाँ घरमा सुतिरहेका छोरा छोरीहरुलाई बाहिर निकालेर प्रहरीलाई खबर गरे।

खबर पाउनासाथ इन्स्पेक्टर अमिरको नेतृत्वमा प्रहरी टोली घटना स्थलमा खटियो। गेटमा झुन्ड्यिाएको झोला बम हो वा होइन भनि एकिन गर्नका लागि इन्स्पेक्टर दाहालले छोएर हेर्न खोज्दा विस्फोट भएको घटनास्थल पुगेका एक प्रहरीले बताए।

विस्फोटमा परी अगाडि रहेका राजेश साह, उनका छोरा आनन्द साह र इन्स्पेक्टर अमिरकुमार दाहाल गम्भीर घइते भए।अलिपछि रहेका प्रहरी जवान रिजनाथ महतो, साहका अर्का छोरा प्रकाश, छोरी अञ्जली र बुबा भिखारी साह पनि गम्भीर घाइते भए।

सबै घाइतेलाई उपचारको लागि प्रादेशिक अस्पताल पठाइएकोमा राजेश र आनन्दको पहिल्यै मृत्यु भइसकेको र उपचारको क्रममा इन्स्पेक्टर दाहालको शनिबार बिहान ६ः५० बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

मृतक औषधी व्यवसायी साहको विभिन्न ठाउँमा रकम लगानी भएको र त्यसकै निहुँमा कसैले उनलाई हत्याको योजना बनाएको अनुमान गरिएको छ। प्रहरी नायब उपरीक्षक कार्कीले बम कसले र किन राख्यो भन्ने थाहा हुन नसकेको बताए। घटनाका बारेमा अनुसन्धान थालेको उनले बताए।

https://www.youtube.com/watch?v=WZ5VXMQ_7ag&feature=youtu.be

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group