काठमाडौं, २८ मंसिर । टुँडिखेललाई अतिक्रमणबाट जोगाउन भन्दै शुरु गरिएको ‘अकुपाई टुँडिखेल अभियान’अन्तर्गत शनिबार खुलामञ्च सफाइ गरिएको छ ।
महानगरपालिकाले खुलामञ्च खाली गराउन सक्रियता नदेखाएपछि जनताले नै डोजर लगाएर सम्माएका छन् । टुँडिखेल अतिक्रमणबाट जोगाउन शुरु भएको अभियानका अभियान्ताहरु शनिबार डोजर लगाएर सम्याउनुका साथै सरसफाइ समेत गरेका छन् ।फोहोर र माटो थुपारिएर अस्तव्यस्त देखिएको खुलामञ्च डोजर लगाईएपछि सफा देखिएको छ ।
खुलामञ्चलाई मानव साङ्लोले घेरेर शुरु गरिए अभियानको छैठौं कार्यक्रमअन्तर्गत शनिबार बिहान खुलामञ्च परिसर सफा गरिएको हो । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता साथै सामाजिक अभियन्ताहरुको उपस्थिति थियो ।
अतिक्रमणका कारण टुँडिखेल नै मासिने अवस्था आएको भन्दै गत कात्तिक २३ गतेदेखि ‘अकुपाई टुँडिखेल अभियान’ सुरु गरिएको थियो । यो अभियान तीन महिनासम्म सञ्चालन गरिने अभियन्ताहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्