ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली कांग्रेसका सभापति देउवा नेता पौडेललाई फकाउन बोहराटारमा


एबीसी न्यूज
२८ मंसिर २०७६, शनिबार   २ : १६   बजे

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेललाई फकाउन उहाँकै निवास पुग्नुभएको छ ।

शुक्रबारको केन्द्रिय कार्यसमिति बैठक बहिस्कार गर्नुभएका नेता पौडेललाई फकाउन देउवा शनिबार बिहान बोहराटार पुग्नुभएको हो । भेटमा चुनौतीपूर्ण घडीमा पार्टी एक भएर जानुको विकल्प नभएको भन्दै सबै कुरा मिलाएर अगाडी बढ्ने विषयमा कुराकानी नेताहरुले बताएका छन् । सभापति देउवालाई हतारमा अगाडी बढ्नुभन्दा पनि संयमतापूर्वक र उदारतापूर्वक पार्टीलाई एक बनाएर अगाडी बढ्नुपर्ने सुझाव देउवालाई आफुले दिएको पौडेलले बताउनुभयो ।

पार्टीलाई एक बनाएर अगाडी बढ्ने भूमिका पार्टी सभापतिको रहेको र उहाँलाई सहयोग गर्न सबै तयार रहेको उहाँले बताउनुभयो । भेटमा सभापति देउवासँग पार्टीलाई एकजुट बनाएर अहिलेको चुनौतीको सामना गर्न पार्टीभित्र के कस्ता समस्या छन् ती समस्याको समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको पौडेलले बताउनुभयो । सभापतिको कार्यकाल कति थप हुने भन्ने कुरा महाधिवेशन कार्यतालिकाले निर्धारण गर्ने भएकाले यो एजेण्डा बैठकमा प्रस्तुत हुनुपर्ने उहाँको धारणा थियो ।

पार्टीभित्र देखिएको असमझदारीलाई हल गर्न पौडेल समूहबाट प्रकाशमान सिंह र देउवा समूहबाट विमलेन्द्र निधिको संयोजकत्वमा वार्ता समिति गठन गरिएको छ । आफुहरुको पहिलो एजेण्डा महाधिवेशनको कार्यतालिका सार्वजनिक हुनुपर्ने रहेको र यसलाई वार्ता समितिले टुंगो लगाउने नेता पौडेलले बताउनुभयो । छलफलमा सहभागि उपसभापति विमलेन्द्र निधिले समायोजनको काम सकिएपछि महाधिवेशन कार्यतालिका सार्वजनिक गर्ने विषयमा पहिले नै सहमति भइसकेकाले यो विषयलाई अन्यथा लिन नहुने बताउनुभयो ।

महाधिवेशन कार्यतालिका बनाउन एक वर्षको समय थप गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उहाँले महाधिवेशनको कार्यतालिका नै नबनाउने नभनेको बताउनुभयो । पार्टी सभापति र वरिष्ठ नेता पौडेलबीचको छलफल सकारात्मक भएको उहाँको भनाई छ । पार्टीका केन्द्रिय सदस्य हृदयराम थानीले प्रजातान्त्रिक पार्टीभित्र लाइभ म्याण्डेडका कुराहरु आउने भएकाले यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताउनुभयो । सबैको लक्ष्य र पुग्ने विन्दु एउटै भएकाले एकजुट भएर जाने परिस्थितीको निर्माण हुनुपर्ने भन्दै उहाँले शनिबारको छलफल सकारात्मक भएको बताउनुभयो । थानी पनि देउवा पौडेलको छलफलमा सहभागि हुनुहुन्थ्यो । शुक्रबारको बैठकमा पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने विषयमा प्रस्ताव पेश नभएपछि पौडेल समूहले बैठक बहिस्कार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group