काठमाडौं, २८ मंसिर ।नेपाल मिडिया सोसाईटी र नेपाल भ्रमण वर्षको सचिवालयवीच भ्रमण वर्षलाई भव्य र सफल बनाउन ८ बुँदे सम्झौता गरिएको छ । नेपाल भ्रमण २०२० को सचिवालयमा आयोजित कार्यक्रममा दुई पक्षवीच उक्त सम्झौता भएको हो । सम्झौता पत्रमा नेपाल मिडिया सोसाईटीका अध्यक्ष शुभशंकर कंडेल र नेपाल भ्रमण वर्ष २०२०का राष्ट्रिय संयोजक सुरज बैद्यले हस्ताक्षर गर्नु भएको छ ।
आयोजित कार्यक्रममा नजिकदै गरेको भ्रमण वर्षलाई मुलुकको समृद्धिको यात्रा संग जोड्ने विषयमा पटक पटक दुईपक्षवीच छलफल भई हस्ताक्षर गरिएको हो । कार्यक्रममा मिडिया सोसाईटीका अध्यक्ष कंडेलले नेपाल भ्रमण वर्षलाई सफल बनाउन संचार क्षेत्रले पर्यटन लागि जोड दिने बताउनुभयो । उहाले भ्रमण वर्ष–२०२० सफल पार्नमा नेपालस्थित संचार क्षेत्रको भुमिका उल्लेखनि हुने बताउदै ‘नेपाल भ्रमण वर्ष–२०२० को विषयमा सकेसम्म बढी सन्देश प्रवाह गरिनुपर्ने बताउनुभयो साथै उहाले नेपाल सरकारका सवै निति तथा कार्यक्रमहरुमा मिडिया सोसाईटीको तर्फबाट पूर्ण सहयोग र साथ रहने बताउनुभयो ।
राष्टिय संयोजक सुरज वैद्यले अब पर्यटन वर्ष सफल पार्नमा पनि यहाँहरुको उस्तै सहयोग र साथको अपेक्षा गरेको बताउनुभयो । नेपाल भ्रमण वर्षलाई सफल बनाउन मुलधारका संचार माध्यमले भ्रमण सम्वन्धी कार्यक्रमहरु कभरेज गर्ने र आफ्ना समाचार बुलेटिनहरुमा विशेष स्थान दिने विभिन्न सचार माध्यबाट भ्रमण वर्षलाई टेवा पुराउन गतिविधीहरु समावेश गरिने जस्ता सम्झौता भएको अध्यक्ष कंडेलले जानकारी दिनुभयो ।
त्यसैगरी नेपाल मिडिया सोसाइटीका अध्यक्ष कँडेलले आफु मातहतमा भएका मिडियाले निःशुल्क रुपमा नेपाल भ्रमण वर्ष सचिवालयले उत्पादन गरेको सामाग्री प्रसारण गरिदिने वताउँनुभयो । कार्यक्रममा सचिबालयको तर्फबाट सदस्य सचिव बच्चुनारायण श्रेष्ठ, कार्यक्रम संजोजक विश्वम्भर घिमिरे, कम्न्युकेशन अफिसर पिताम्वर सिग्देल लगायतको उपस्थिती रहेको थियो ।
यस्तो छ सम्झौता पत्र
समझदारी पत्रको पूर्ण विवरण
नेपाल भ्रमण वर्ष २०२० सचिवालय र नेपाल मिडिया सोसाइटी बीच भएको
समझदारी–पत्र
नेपालका प्रमुख र मूल प्रवाहका आमसञ्चार माध्यमहरुको छाता सङ्गठन नेपाल मिडिया सोसाइटी, जिल्ला काठमाडौं, का.म.न.पा. वडा नं. ०१, दरबारमार्ग र नेपाल भ्रमण वर्ष २०२० को सचिवालय जिल्ला काठमाण्डौं, का.म.न.पा., केशरमहल बीच (जसलाई यसपछि दोस्रो पक्ष भनि) सम्बोधन गरिएको छ । हामी दुवै पक्ष तपसिलका शर्तनामाका अधिनमा रही नेपाल भ्रमण वर्ष २०२० देखि शुरु हुने कर्याक्रमहरु सहित भ्रमण वर्षको उद्घाटनदेखि जारी विभिन्न समारोह तथा गन्तव्य स्थलका सम्पूर्ण गतिविधिका विषयलाई प्रचार प्रसार गर्ने तथा पर्यटनलाई नेपालको समृद्धिको यात्रासँग जोड्ने विषयमा दुवै पक्षबीच पटक पटक छलफल भई यो सम्झौता पत्र तयार गरी तपसिलमा उल्लेख भए बमोजिमका कार्य गर्न र शर्तनामा बमोजिम दुवै पक्षले आ–आफ्नो दायित्वहरु बहन गर्ने सहमत भएका छौं ।
सहयोगको क्षेत्र तथा दायित्वहरु :
१. प्रथम पक्षद्धारा दोस्रो पक्षले आयोजना गरेको अन्तर्राष्ट्रिय, तथा क्षेत्रियस्तरको नेपाल भ्रमण वर्ष २०२० सम्वन्धी कार्यक्रम तथा क्रियाकलापहरुलाई प्रथम पक्षको मातहतमा रहेका स्याटेलाइट टेलिभिजन, रेडियो तथा राष्ट्रिय दैनिक मार्फत समाचार महत्वका हिसावले प्रयोग गर्ने गरी रेकर्डिङ गर्ने तथा छपाई मार्फत प्रकाशन र प्रसारण माध्यम मार्फत प्रसारण गर्नेछ । साथै प्रथम पक्षले नेपाल भ्रमण वर्ष २०२० उदघाटन लगायत मूल समारोहका कार्यक्रम सबै स्याटेलाइट टेलिभिजनहरुले प्रत्यक्ष प्रसारण गर्नेछ ।
२. कार्यक्रमको भब्य तयारी र पर्यटकीय गन्तव्य स्थलको वृद्धिका लागि नेपाल भ्रमण वर्ष २०२० सचिवालयको समन्वयमा विशेष बाइट, रिपोर्ट तथा अन्र्तवार्ता मार्फत प्रथम पक्षले प्रकाशन प्रसारण गर्नेछ ।
३. नेपालको सकारात्मक छवि बाह्य देशहरुमा समेत स्थापित गराउने उदेश्यका साथ प्रथम पक्षले आसन्न भ्रमण वर्ष २०२० सन्दर्भमा उद्घाटन समारोहको पूर्व तयारी अथवा उद्घाटनको अवसरमा टेलिभिजन रेडियो मार्फत आवश्यक कभरेज प्रसारण तथा राष्ट्रिय दैनिकबाट समष्टिगत विषयवस्तुलाई समेटेर प्रमुखता साथ समाचार तथा विशेष रिपोर्ट प्रकाशन गर्नेछ ।
४. प्रथम पक्षले नियमित रुपमा पर्यटन गन्तव्य तथा कार्यक्रम सम्वन्धी स्याटेलाइट टेलिभिजन, राष्ट्रिय दैनिक तथा तिनका अनलाइन पोर्टल मार्फत यथोचित प्रवर्धन गर्नेगरी कभरेज गर्नेछ ।
५. दोश्रो पक्षले नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहको कभरेजका लागि नेपाल मिडिया सोसाइटीका सदस्य प्रत्येक माध्यमलाई कम्तीमा दुईदुई जना रिर्पोटर र क्यामेरा पर्सनका लागि मिडिया पास साथै नेपाल मिडिया सोसाइटीका पदाधिकारी तथा सदस्यहरुका लागि विशेष पासको व्यवस्था गर्नेछ ।
६. प्रथम पक्ष अन्तर्गत रहेका विधुतीय तथा छापा सञ्चार माध्यम मार्फत पर्यटन र नेपाल भ्रमण वर्ष २०२० सम्वन्धी सबै कार्यक्रमहरु कभरेज गर्नुका साथै समाचार बुलेटिनहरुमा विशेष प्रथामिकताकासाथ प्रसारण गरिनेछ र सम्भव भएसम्म दैनिक वा एक दिनको अन्तरमा कम्तीमा ५ मिनेटसम्मको म्यागजिन कार्यक्रम बनाएर प्रसारण गरिनेछ । ती कार्यक्रमहरु सम्वन्धित मिडिया हाउसका युट्युव लगायतका सामाजिक सञ्जालमा समेत अपलोड गरिनेछ । त्यस्ता कार्यक्रमहरुका लागि नेपाल भ्रमण वर्ष २०२० सचिवालय र नेपाल पर्यटन बोर्डबाट आवश्यक सामग्री तथा सूचनाहरु उलव्ध गराउनु पर्नेछ ।
७. यसरी प्रथम पक्षद्धारा गरिएको मिडिया कभरेज र सहयोगको उच्च सराहना गर्दै भ्रमण वर्ष २०२० सचिवालयले नेपाल मिडिया सोसाइटीको क्षमता अभिवृद्धि तथा प्रवद्धंनमा आपसी सहमति अनुसार सहयोग गर्नेछ । आपसी सहमतिमा दुवै पक्षले अन्य प्रवद्र्धनात्मक तथा रचनात्मक कार्यक्रमको समेत आयोजना गर्नुका साथै दीर्घकालीन रुपले सहकार्यलाई मजबुत गराउन दुवै पक्ष सहमत गर्दछ ।
८. उल्लेखित शर्त तथा दायित्व पालना गर्न मञ्जुर गरी यस सम्झौता–पत्रमा हस्ताक्षर गरियो ।
प्रतिक्रिया दिनुहोस्