ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोठा न्यानो बनाउन खोज्दा आमा–छोराको मृत्यु


एबीसी न्यूज
३० मंसिर २०७६, सोमबार   १० : २९   बजे

काठमाडौं, ३० मंसिर । काठमाडौंको कीर्तिपुरमा कोठा न्यानो बनाउन भन्दै मकल बालेर सुतेका दुई जनाको सुतेकै अवस्थामा मृत्यु भएको छ ।

कीर्तिपुर नगरपालिका९८ सुन्दरबस्तीमा ३६ वर्षीया शर्मिला रञ्जितकार र उनको दुई महिने छोराको मृत्यु भएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डीएसपी छेदीलाल कामतीले जानकारी दिनुभयो ।

अक्सिन अभावका कारण निसास्सिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको उहाले बताउनुभयो । यद्यपि मृत्युको वास्तविक कारण पत्ता लगाउन घटनास्थलमा चिकित्सकको टोली पुगेको छ । ‘भेन्टिलेसन पनि नभएको साँघुरो कोठामा कोइला बालेर सुतेका रहेछन् बिहान श्रीमानले उठाउँदा उठेनछन्,’ डिएसपी कामतीले भन्नुभयो । उनीहरु राति सुत्ने बेलामा तावामा कोइला बालेर सुतेका थिए । आमा–छोरा खाटमा तथा श्रीमान नवराज रञ्जितकार भुइँमै ओछ्यान लगाएर सुतेका थिए । बच्चालाई तेल लगाउन भन्दै सोमबार बिहान करिब तीन बजेतिर नवराज उठेर श्रीमतीलाई बोलाउन खोज्दा नबोलेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group