ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक वर्ष पछि नेकपाको स्थायी कमिटी बैठक सुरु, के भन्छन नेताहरु (भिडियोसहित)


एबीसी न्यूज
३० मंसिर २०७६, सोमबार   १२ : ०५   बजे

काठमाडौं, ३० मंसिर । ठ्याक्कै एक वर्ष पछि नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक सुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । बैठक निरन्तर बस्न नसकेको भन्दै कतिपय स्थायी कमिटी सदस्यहरुले असन्तुष्टि जनाएका छन् । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को स्थायी कमिटी बैठक एक वर्ष पछि आइतबारबाट शुरु भएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बसेको छ । बैठकमा अध्यक्षद्धयको तर्फबाट प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै लामो समयसम्म बैठक बस्न नसकेकोमा क्षमा समेत मागेका छन् । स्थायी कमिटी बैठकको पहिलो दिन राजनीतिक प्रतिवेदनमाथिको छलफल, विधान संशोधन, नेपाल भारत सिमा समस्या, आगामी केन्द्रीय कमिटीको बैठक र विविध विषयमाथि छलफल हुने कार्यसूची पास भएको छ ।

अध्यक्षद्धयको तर्फबाट प्रचण्डले प्रस्तुत गरेको १६ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा अन्र्तराष्ट्रिय कम्युनिष्ट आन्दोलन र राजनीतिक परिस्थिती, राष्ट्रिय परिस्थिती, सरकारको कामको समिक्षा, उपनिर्वाचनको समिक्षा, र सचिवालयले हालसम्म गरेका निर्णयको अनुमोदनको विषय समेटिएका छन् ।

स्थायी कमिटी सदस्यहरुले बैठकको प्रारम्भमै बैठक ढिलो बस्नुको कारणबारे प्रश्न उठाएका छन् । र उचित जवाफको माग गरेका छन् । पार्टीका बैठकहरु नियमित नभइरहेको, सचिवालयले मात्र सबै निर्णय गर्ने गरेको, स्थायी कमिटीलाई निस्क्रिय जस्तै भएको भन्दै सदस्यहरुले निरन्तर बैठकको माग गर्दै आएका थिए ।

पार्टीको संगठनात्मक एकिकरणको बाँकी काम अबिलम्ब सक्ने भन्दै अघिल्लो स्थायी कमिटीको बैठकले निर्णय गरेको थियो । तैपनि हालसम्म एकिकरण प्रक्रियाका काम पुरा हुन अझै बांकी छन् । यो बैठकमा मुख्यगरी एकिकरण प्रक्रियामा भएको ढिलाईको विषयमा नेतृत्वसँग स्थायी कमिटी सदस्यले जवाफ माग्ने देखिएको छ । एकिकरणको ढिलाईको सम्बन्धमा राजनीतिक प्रतिवेदनमै समेटेर आत्माआलोचना गरिएको छ । बैठकमा आगामी दिनमा संगठनात्मक कामलाई सक्ने गरी नै छलफल हुने स्थायी कमिटी सदस्य छविलाल बिश्वकर्मा बताउंछन् ।

यस बैठक पछि पार्टीको नियमित बैठक बस्न झक्झकाउने तयारी नेताहरुले गरिरहेका छन् । यस्तै, सरकारको कामको प्रभावकारीताबारे पनि बैठकमा छलफल हुने विश्वास व्यक्त गर्छन् स्थायी कमिटी सदस्य लिलामणी पोखरेल ।

पार्टी एकिकरणको काम आधारभुत रुपमा सकिइसकेकोले आगामी केन्द्रीय कमिटीको बैठक अगावै बाँकी काम सक्नेगरी पार्टी अघि बढ्ने कतिपय नेताहरुले विश्वास गरेका छन् । बैठकपछि सरकार र पार्टीको बीच अझ बढी तालमेल भै सरकारले गरेको राम्रा कामबारे जनतालाई बुझाउन सकिने उनीहरुको विश्वास छ । सरकारको कामलाई प्रभावकारी रुपमा जनस्तरमा सम्प्रेषण गर्न नसकिएकैले सरकारको बिरोध भइरहेको जिकिर गरेका छन् सरकारको नेतृत्व गर्ने नेताहरुले ।

सिमा विवादमा रहेको कालापानी, लिपुलेकलाई फिर्ता ल्याउने गरी पार्टी बैठकमा दह्रो गरी राखिने पनि नेताहरुले बताएका छन् । रुथायी कमिटी बैठक केवल बैठक बस्नको निम्ति मात्रै नभई पार्टीलाई चलायमान बनाउन बसेको अपेक्षा गर्न सकिन्छ । यसैले, पोलिटब्युरो गठन गर्न, केन्द्रीय कमिटी बैठक राख्न, बाँकी काम सकि सरकारलाई समेत प्रभावकारी रुपमा कार्यसञ्चालन गराउन निर्देशन दिन सक्छ या सक्दैन त्यो भने केहि दिनमै देखिने नै छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group