काठमाडौं, ३० मंसिर । पश्चिमी वायुको प्रभावले देशभर सामान्य बदली भई सुधारमा तीन दिनदेखि अस्तव्यस्त रहेको मौसम सोमबारदेखि सुधार हुने मौसमविद्ले जानकारी दिनुभयो । पानी पार्ने मौसमी प्रणाली नेपालबाट बाहिरिइ सकेकाले अब कम्तीमा तीन दिन पानी र हिउँपर्ने सम्भावना नरहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।
तर केही ठाउँको आकाशमा सोमबार पनि बादल भने लाग्ने उहाँले बताउनु भयो । पूर्वी तराईका केही भूभागमा बाक्लो हुस्सु/कुहिरो लागेकोे उहाँले भन्नुभयो सोमबार बिहान साढे ६ बजे काठमाण्डौको तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्