ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाउँमा ‘जनताको प्रश्न सांसदको उत्तर’ लिएर पुगे सांसद


admin
३० मंसिर २०७६, सोमबार   ३ : ५७   बजे

काठमाडौं, ३० मंसिर । निर्वाचन जितेपश्चात जनप्रतिनिधि जनताको घरदैलौमा फर्कदैनन् भन्ने गुनासो सुनिन्छ । तर ठीक यसको वीपरीत भोजपुरबाट निर्वाचित सङ्घीय सांसद सुदन किराती भने ‘जनताको प्रश्न सांसदको उत्तर’ कार्यक्रम लिएर गाउँगाउँमा पुग्न थाल्नुभएको छ । उहाँले स्थानीय जनताको समस्या बुझ्दै, स्थानीयमा रहेका सडक, विद्युत्, खानेपानीलगायतका समस्या समाधानमा भूमिका खेल्ने बताइरहनु भएको छ ।

सांसद राईले भन्नुभयो, ‘‘निर्वाचन जितेपछि जनताको समस्या बिर्सने बेथिति बढ्दै गयो, जसबाट नेता र जनताको सम्बन्ध सुमधुर बन्न सकेन, त्यही कुरालाई मध्यनजर गर्दै मैले यो कार्यक्रम लिएर तपाईको ठाउँमा आएको हुँ ।’’ कतिपय स्थानीयले अन्य सबै सुविधा नदिए पनि बाँदरको कारण बस्तीखाली भएको बताउँदै सो समस्या समाधान गरिदिन माग गरेका छन् । जनताको जिज्ञासामा सांसद राईले भन्नुभयो, ‘‘ जिल्लामा धेरै समस्या छन् तर बाँदरको समस्याले बस्तीखाली भएको सुनाउनु भएकोले छ, यस विषयमा म संसद्मा कुरा उठाउँछु ।’’

अभियानबाट जनताले केन्द्र सरकारले के गरिरहेको छ, प्रदेश सरकारको योजना कस्तो छ, स्थानीय सरकारको भूमिकाको विषयमा जानकारी लिइरहेका छन् । जनता नै आफ्नो पाठशाला रहेको बताउने राईले जनप्रतिधि र जनताबीचको सम्बन्धलाई सुमधुर बनाउन साथै समाजमा एउटा नयाँ कामको थालनी होस् भन्ने लक्ष्यले यस्तो कार्यक्रमको सञ्चालन गरेको बताउनुभयो । आफूले जिताएको नेतासँग निर्धक्कसँग आफ्ना समस्या सुनाउन पाउँदा स्थानीय जनता खुशी देखिन्छन् । स्थानीय ज्ञानेन्द्र राईले भन्नुभयो, ‘‘आफूले जिताएको सांसदसँग भोगेको समस्या सुनाउन पाउँदा निकै खुशी लागेको छ, यस्ता कार्यक्रम अन्य सांसदले पनि ल्याउन आवश्यक छ ।’’

सांसद किरातीले आफू जनप्रतिनिधि भएदेखिनै यो कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ । यस पटक उहाँले एक महिनासम्म गाउँगाउँ डुलेर जनताका समस्या सुन्नु भएको हो । भोट माग्दा धेरै आश्वासन दिएका नेताहरुले आफ्नो ठाउँको समस्यामा ध्यान नदिँदा स्थानीयले आक्रोश पनि देखाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group